sujim bazar advert

अष्टलक्ष्मीसहित १४ लाई स्पष्टीकरण सोध्ने एमाले संसदीय बोर्डको निर्णय

डबली खबर     जेष्ठ ९, २०७८

Sizen Education Consultancy Pvt. Ltd.

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट – नेपाल कम्युनिष्ट पार्टी एमाले बागमती प्रदेशसभाको संसदीय बोर्डले प्रदेशसभाका १४ सदस्यलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

राष्ट्रियसभाको उपचुनावमा पार्टीको आधिकारिक उम्मेदवारप्रति अन्तरघात गरेको, आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, अविश्वासको प्रस्ताव दर्ता गरेकोलगायत आरोप लगाएर प्रदेशसभा सदस्यलाई अनुशासन उल्लङ्घन गरेको भनी स्पष्टीकरण सोध्ने निर्णय गरिएको नेकपा एमाले बागमती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिनुभएको छ ।

उनीहरुले भोलि बेलुका ५ बजेभित्र स्पष्टीकरण पेश गर्नुपर्ने भनिएको छ । प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, मुनु सिग्देल, कुसुम कार्की, मीना ज्ञवाली, शान्तिप्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल, वसन्त मानन्धर, इन्द्रमाया गुरुङ र पार्वती सिलवाललाई स्पष्टीकरण सोधिएको हो ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top