२०८१, ७ बैशाख शुक्रबार

पत्रकार महासंघलाई ध्रुवकुमारद्वारा दुई वटा अक्सिजनसहितको सिलिण्डर प्रदान

डबली खबर     जेष्ठ २ २०७८ १५:२७

dhruba kumar raol donate oxygen cylinder to fnj nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा नुवाकोट जिल्लाका अग्रज पत्रकार ध्रुबकुमार रावलले महासंघको केन्द्रीय कार्यालयमा निर्माण गरिएको आइसोलेसन सेन्टरलाई ९४ लिटर अक्सिजनसहित दुईवटा सिलिण्डर प्रदान गरेका छन् ।

विश्व महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसबाट पत्रकार संक्रमित हुने क्रम बढ्दो रहेको छ । हालसम्म कोरोनो संक्रमणबाट १३ जना पत्रकारको ज्यान गइसकेको र झन्डै ८ सय पत्रकार संक्रमित भएका छन् ।

महामारीका बेलामा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै केन्द्रीय सदस्य रावलले सकेको सहयोग गर्न सबैलाई आग्रह गरे । विशेषगरी अहिले अक्सिजनको अभाव भइरहेकाले धेरैले अकालमा ज्यान गुमाउनु परेकाले अग्रभागमा रहेर काम गर्ने पत्रकारहरु दिनप्रतिदिन असुरक्षित हुन थालेको उनले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top