२०८१, ११ बैशाख मंगलवार

कोरोना ग्राफ : एकैदिन ४७ संक्रमित, १९ डिस्चार्ज

डबली खबर     बैशाख ३१ २०७८ १५:२८


monthly covid19 report update of nuwakot

नुवाकोट – पछिल्लो २४ घण्टामा थप ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। ८६ जनाको नमूना पीसीआर र ५ को एन्टिजेन परीक्षणमा २८ पुरुष र १९ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले बताए।

कार्यालयकाअनुसार सक्रिय संक्रमितको संख्या ६३१ पुगेको छ। जिल्लाभरका अस्पतालमा ५१, स्थानीय तहले निर्माण गरेको क्वारिन्टिनमा ४ जना र ५७६ जना होम आईसोलेसनमा रहेका छन् ।

शुक्रबारको तथ्यांकअनुसार थप सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका २०, शिवपुरी गाउँपालिकाका २४ र पन्चकन्या, किस्पाङ र तारकेश्वरका १/१ जना छ। योसँगै नुवाकोटमा कोरोनाबाट सङ्क्रमित हुनेको संख्या १ हजार ९२९ पुगेको छ ।

हाल विदुर नपाका ३३४, बेलकोटगढीका ५७, ककनीका २, सुर्यगढ़ीका १०, लिखुका ३१, शिवपुरीका २७, पन्चकन्याका १५, दुप्चेश्वरका १८, तादीका २४, किस्पाङका ४१, म्यागङका १२ र तारकेश्वरका ५९ जना होमआईसोलेसनमा रहेका छन् ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार बैशाख महिनाभित्रमा मात्र ७४७ जना सङ्क्रमित थपिएको छ भने १५० जनाले कोरोना जितेर घर फर्केका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन्।

हाल जिल्लामा २४७ क्वारेन्टाइन बेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top