२०८०, ११ आश्विन बिहीबार
social securities awareness bidur municipality

मस्तिष्कघातका कारण वडा सदस्यको मृत्यु

डबली खबर     बैशाख २४ २०७८ १०:२१

ward member radhakrishna bhandari death bidur nuwakot
pratik book and stationery center in nuwakot

नुवाकोट – विदुर नगरपालिका-२ का वडा सदस्य ५० वर्षीय राधाकृष्ण भण्डारीको मस्तिष्कघातका कारण मृत्यु भएको छ ।

लामो समयदेखि प्रेसरको बिरामी भएका ५० वर्षीय भण्डारीको बिहिबार राती नै मृत्यु भएको परिवार स्रोतले जानकारी दिएको छ । उनी तत्कालीन एमालेको तर्फबाट वडासदस्य निर्वाचित भएका थिए। त्यस्तै, उनी नेपाल प्रहरी नुवाकोटमा परिचालकको रुपमा कार्यरत थिए ।

गए राति करिब ९ बजे प्रेसरले चापेका उनलाई थप उपचारका लागि काठमाडौं लागेका थिए । उपचारका लागि न्युरो अस्पतालमा पु-याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । लकडाउनको समयमा पनि बाटोमा करिब १ घण्टा ३० मिनेट ट्राफिक जामले गर्दा समयमा उपचार हुन नपाएको परिवार स्रोतले जनाएको छ ।

उनको निधनप्रति विदुर नगरपालिकाले दुःख व्यक्त गरेको छ। नगरपालिकाका मेयर सञ्जु पण्डितले एक शोक वक्तव्य जारी गरि उनको निधनले समग्र नगरपालिकालाई नै क्षति भएको बताएका छन्। उनको शोकमा आज एक दिन नगरपालिकाको कार्यपालिकाको कार्यालय र नगरका सबै वडा कार्यालय बन्द हुने बताए ।

उनको आज बिहाननै अन्तेष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई प्रहरी सम्मान नेपाल प्रहरीको एक टुकडीले शोक सलामी सहित श्रद्धान्जली अर्पण गरेको थियो ।

उनको अन्तेष्टिमा विदुर नगरपालिकाका उपमेयर गीताकुमारी दाहाल, वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठ, २ नम्बरका वडाध्यक्ष विरेन्द्रकुमार शाही, जनप्रतिनिधिहरु, नेपाल प्रहरी संगठनका पुर्वप्रहरीहरु लगायत सरिक भएका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top