sujim bazar advert

तारा अधिकारीको तेस्रो एल्बम तस्वीर सार्वजनिक

डबली खबर     बैशाख २३, २०७८

Sizen Education Consultancy Pvt. Ltd.

Tasvir Music Album
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

गीतकार तारा अधिकारीले आफ्नो तेस्रो एल्बमको “तस्वीर” सार्वजनिक भएको छ । उनको पहिलो एल्बम ‘सपना’ र दोस्रो एल्बम ‘सुनौलो तारा’ हो ।

एल्बममा गुलेलीमा, पराईको सिन्दुर, पछ्यौरी र लाली ओठैमा गीत समावेश छन् ।

“गुलेली”मा बोलको गीतमा किरण भुजेल र मेलिना राईको स्वर, दिपक शर्माको संगीत र साहस शाक्यको संगीत संयोजन छ । “पराईको सिन्दुर”मा नरेन्द्र प्यासीको स्वर र संगीत तथा विनोद भुजेलको संगीत संयोजन छ भने “पछ्यौरी”मा बुद्ध लामा र बेनिशा पौडेलको स्वर, दिपक शर्माको संगीत र नरेन्द्र वियोगीको संगीत संयोजन छ । त्यस्तै “लाली ओठै”मा गीतमा स्वरुप राज आचार्य र रचना रिमालको स्वर तथा राजन राज सिवाकोटीको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।

कोरोना महामारीका बीचमा उनले तेस्रो एल्बम तस्विरलाई आफ्नै आमाबुबा गौरी अधिकारी र खिला शर्मा अधिकारीको हातबाट सुनौलो तारा युट्युब च्यानलमा सार्वजनिक गरिन् । तारा भन्छिन्–“मेरो प्रेरणाको स्रोत नै मेरी आमा हुन्, जसको कविता सुनेर, पढेर यो ठाउँमा उभिन सक्ने साहस बटुल्न सकेको छु ।”

एल्बममा समावेश सबै गीतको म्युजिक भिडियो “सुनौलो तारा” युट्युब च्यानलमा छ । गुलेलीमा, पछ्यौरी र पराईको सिन्दुर गीतको भिडियो शान थापाले निर्देशन गरेका छन् । लाली ओठैमा गीतको भिडियो रमेश थापाको निर्देशनमा तयार भएको छ ।

गुलेलीमा गीतको भिडियोमा नाजिर हुसेन र जेबिका कार्की, पराईको सिन्दुरमा जिवन भट्टराई र तारा अधिकारी, पछ्यौरीमा निराजन प्रधान र सुशिला थापा तथा लाली ओठैमा पल शाह र गरिमा शर्माको अभिनय छ । तस्वीर एल्बमको कभर डिजाइन नहकुल खड्काले गरेका हुन् ।

तस्वीरका गीतहरु सुन्नुहोस्

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top