२०७८, ७ आश्विन बिहीबार

सञ्चार क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री पौडेल

डबली खबर     बैशाख २३ २०७८ १०:४५

bagamati journlist memorandum to chief minister bagamati province dormani poudel
tribhuwan trishuli secondary school admission open
bidur tax

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सञ्चार क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।

बिहीबार नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको टोलीसँग भेटघाट गर्दै मुख्यमन्त्री पौडेलले सञ्चार क्षेत्रका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले प्रदेश सरकारले सञ्चार क्षेत्रको विकासमा यस अघि पनि विभिन्न योजना अघि सारेको र प्रदेशमै पहिलो प्रेस रजिष्ट्रार कार्यालय स्थापना गरेर त्यसमार्फत सञ्चार क्षेत्रका समस्या समाधानमा टेवा पुगेको दाबी गरे ।

मुख्यमन्त्री पौडेलले आगामी दिनमा पनि पत्रकार महासंघमार्फत समानुपातिक विज्ञापन, जिल्ला महासंघ शाखामा सूचना केन्द्र स्थापनाका लागि आगामी आर्थिक बर्षमै नीति तथा कार्यक्रम र बजेटमा व्यवस्थापन गरिनेछ, उनले भने सरकार पत्रकार र सञ्चारमाध्यमको बृद्धि विकासका लागि सकारात्मक छ । मुख्यमन्त्री पौडेलसँग भेटघाटकै क्रममा महासंघका अध्यक्ष शिव देवकोटाले मुख्यमन्त्री पौडेलसमक्ष प्रस्ताव पत्र पेश गरेका छन् ।

सञ्चारग्राम निर्माण र सञ्चालन, प्रदेशभित्र संचालित संचारमाध्यममा समानुपातिक विज्ञापन, संचारक्षेत्रलाई उद्योगमा समेटन र मान्यता दिनुपर्ने, सुत्केरी पत्रकार महिला र कोरोना संक्रमित पत्रकारलाई लेखनवृत्ति, स्नातक र स्नात्तकोत्तर अध्ययनका लागि सञ्चारकर्मीलाई छात्रबृत्ति वितरणलगायत माग राख्दै प्रस्ताव पत्र बुझाइएको हो ।

भेटघाटमा महासंघका उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्णसारु मगर, सदस्यहरु सुदीप शिवाकोटी र रामहरि गजुरेलको उपस्थिति रहेको थियो ।

प्रकाशित: बैशाख २३ २०७८ १०:४५

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top