२०८०, ११ आश्विन बिहीबार
social securities awareness bidur municipality

महासंघको भवन पत्रकारको हितमा प्रयोग गर्न प्रेस युनियन नुवाकोट अपिल

डबली खबर     बैशाख २२ २०७८ ०७:२३

press union nuwakot press release
pratik book and stationery center in nuwakot

नुवाकोट – नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रेस युनियन नुवाकोटले नेपाल पत्रकार महासंघको भवन व्यवसायिक प्रयोजनका लागि भाडामा लगाइएको भन्दै सात दिनभित्र खाली गरी पत्रकारको हितमा प्रयोग गर्न अपिल गरेको छ ।

प्रेस युनियन नुवाकोटका कार्यबाहक अध्यक्ष सुरज सिलवालले एक विज्ञप्ति जारी गर्दै महासंघको भवन सात दिनमा खाली गराउन भनिएको छ ।

चन्दा मागेर पत्रकारको हितमा प्रयोग गर्न भनेर बनाइएको भवन भाडामा लाएर आम्दानी समेत पत्रकारको हितमा प्रयोग हुन नसकेको भन्दै प्रेस युनियनले कोरोना संक्रिमत पत्रकारको आइशोलेसन बनाउनका लागि भवन खाली गरिदिन अनुरोध गरेको हो ।

अहिले महासंघको भवनमा सुआहारा नामको एउटा परियोजनाले कार्यालय सञ्चालन गर्दै आएको छ ।

प्रेस विज्ञप्ति

प्रस्तुत विषयमा वश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको नयाँ प्रजाती समेतले आम नेपाल नागरिकको जनजीवन प्रत्यक्ष प्रभावित भैरहेको छ । विभिन्न तहमा रहेका सरकार र स्थानीय प्रशासनले घोषणा गरेको निषेधाज्ञाका बीचमा पनि कार्यक्षेत्रमा खटिनपर्ने बाध्यात्मक अबस्थाको कारण महामारीको प्रत्यक्ष मारमा हामी श्रमजीवी सञ्चारकर्मीहरु परिरिहेका छौं । यसअघिको महामारीमा जिल्लामा कार्यरत आधा दर्जन भन्दा बढि सञ्चारकर्मी कोरोनाको संक्रमणमा परेको र हाल पनि केहि संचारकर्मीमा रोगको संक्रमण देखिएसगैँ कन्ट्रयाक ट्रेसिङमा थप सञ्चारकर्मी परेका छन् ।

पेशागत जिम्मेवारी बहनको शिलशिलामा अग्रस्थानमा खटिएर जोखिमयुक्त रुपमा काम गरिरहेका सञ्चारकर्मीहरु संक्रमित हुनेक्रम देखिएसगैँ जिल्लामा तत्कालै सञ्चारकर्मीहरुको लागी उपचारमा प्रथामिकताको लागी ध्यान दिनुपर्ने हाम्रो जिम्मेवारी रहेको छ । त्यसको लागी अहिले जिल्लामा कायम रहेका आईसोलेसन वार्डको उपलब्धता असहज रहेको तथा श्यया ( बेड ) पाउन कठिन हुने अबस्थाको सिर्जना भैसकेको छ । श्रमजिवी पत्रकार र साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्ययमबाट आर्थिक सहयोग लिई निर्माण गरिएको नेपाल पत्रकार महासंघको कार्यालय भवनको सम्पूर्ण कार्यकक्ष यस्तो महामारीको समयमा अन्य संस्थालाई भाडामा दिइरहेकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रको कार्ययोजना अनुसार पत्रकारहरुको लागी कोरोना रोगको सक्रमणको जोखिमको अबस्थाबाट चाडै उन्मुक्तिको लागी आफ्नै पहलमा आइशोलेसन बेड सहितको संरचना तत्कालै बनाउने योजना नुवाकोटमा पनि कार्यान्वयनको लागी हाम्रो सँस्था जोडदार माग गर्दछौ । कोरोना रोगको जोखिमको अबस्थामा सत्य, तथ्य र यथार्थ सूचनता सम्प्रेषको चुनौतीको सामना सहित पत्रकारको हकहित, सुरक्षा र संरक्षणमा सक्रिय रहनुपर्ने भएकाले हाम्रो आफ्नै जिल्ला शाखाको भवन प्रयोगमा ल्याउनको लागी हामीले पहलकदमी अघि बढाएका छौ ।

पत्रकारुहरुको हित तथा प्रबद्धनको लागी प्रयोग गर्नुपर्ने उक्त भवन हाल व्यावसायिक रुपमा प्रयोग गरिरहेको र उक्त भवनबाट प्राप्त भएको आम्दानी समेत पत्रकारको हितमा प्रयोग हुन नसकेकाले हामी यो महामारीमा पत्रकारको स्वास्थ्य सुरक्षाको भरपर्दो व्यावस्थाको लागी महासंघको भवनमा ‘पत्रकार तथा उनीहरुको परिवारको लागी आइशोलेन कक्ष’ स्थापना गर्न लागेका छौ । उक्त कार्य प्रयोजनको लागी हाल कार्यालय भाडामा बसेका सँस्थालाई सात (७) दिन भित्र बैकल्पिक व्यावस्था गरेर कार्यालय खाली गरेर कोरोना रोगको सक्रमणको समयमा रोगको रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग पुराउने लक्ष्यले स्थापना गर्न लागिएको आइशोलेसन कक्ष स्थापनार्थ सहयोग गर्न अनुरोध गर्दछौ ।

कार्यालय खाली हुने बित्तिकै सेवा सञ्चालन गर्न सक्ने गरेर अहिलेदेखि नै आइशोलेशन कक्ष स्थापनाको लागी चाहने भौतिक सामाग्रिको बन्दोबस्ती मिलाउन पनि हामी अघि बढेको नुवाकोटका सम्पूर्ण पत्रकार–सञ्चारकर्मी साथीहरुलाई जानकारी गराउदछौ । कोरोनाको माहामारीको समयमा आफू बचेर अरुलाई पनि बचाउनको लागी सञ्चारकर्मी महत्वपूर्ण जिम्मेवारी पूरा गर्न याहाँहरुको योगदान अझै बढी सक्रिय रहोस भन्ने पनि कामना गर्दछौ ।

बोधार्थः
नेपाल पत्रकार महासघ केन्दिय कार्यसमिति काठमाडौं ।
नेपाल पत्रकार महसघ बागमति प्रदेश समिति हेटौडा ।

कार्यवाहक अध्यक्ष
सुरज सिलवाल

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top