२०८१, १३ बैशाख बिहीबार

इलाका प्रहरी कार्यालय सिक्रेको नवनिर्मित भवन उद्घाटन

डबली खबर     चैत्र ३१ २०७७ ११:०८

Sikre police building inauguration
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – शिवपुरी गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय सिक्रेको नवनिर्मित कार्यालय भवन उद्घाटन गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा बनेको भवन प्रहरी प्रधान कार्यालय मानव श्रोत प्रशासन विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक निरज बहादुर शाहीले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै शाहीले भौतिक पूर्वाधार निर्माणले प्रहरीको मनोबल उच्च हुने बताए । उनले इलाका प्रहरी कार्यालयमा खटिएका प्रहरीलाई आम नागरिकमा प्रवाह हुने सेवा सुधार गर्न तथा कार्यालय भवनको संरक्षण र सम्भार गर्न निर्देशन दिए ।

त्यस्तै बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक बसन्तकुमार लामाले देशभरमा प्रहरी जनशक्ति ३७ प्रतिशतले कम रहेको बताउँदै जनशक्ति पूरा गर्न संगठनले गृहकार्य गरिरहेको बताए ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले कानुन विपरित काम गर्ने र अपराध गर्नेहरु विरुद्ध प्रहरीले उत्कृष्ट कार्य सम्पादन गरेको बताए । उनले कतिपय स्थानमा प्रहरी जनशक्ति कम हुँदा काम गर्न असहज भएको बताए ।

शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले राज्यले जनतालाई सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्ने बताए । उनले सुरक्षा दिन भौतिक पूर्वाधारको पनि त्यति नै आवश्यकता भएकाले शिवपुरीबासीको सुरक्षाका लागि गाउँपालिका कार्यालय नजिक पनि प्रहरी भवन निर्माण गर्न लागिएको बताए ।

गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले नागरिक पनि बिना बर्दीको प्रहरी भएकाले प्रहरीलाई थप सहयोग गर्न स्थानीय बासिन्दालाई आग्रह गरिन् ।

इलाका प्रहरी कार्यालय रहेको वडा नं. ४ का वडा अध्यक्ष झमकराज गुरुङले दरबन्दीमा रहेका प्रहरीहरु नबस्ने गरेकोमा दुःख व्यक्त गरे । उनले इलाका प्रहरी कार्यालयमा प्रहरी निरिक्षकको दरबन्दी रहे पनि कहिल्यै नआएको बताउँदै हवल्दारको भरमा इलाका प्रहरी चलेको स्मरण गरे । उनले यथाशिघ्र दरबन्दी अनुसारको प्रहरी उपलब्ध गराउन उपल्लो निकायको ध्यानाकर्षण गराए ।

करिब ३ रोपनी २ आना क्षेत्रफलमा नव निर्मित भवन २ करोड ३७ लाख लागतमा निर्माण भएको हो । कार्यक्रममा जग्गा उपलब्ध गराउने कमल बहादुर श्रेष्ठ, ज्ञान बहादुर विश्वकर्मा लगायत प्रहरी भवन निर्माणमा सहयोग गर्ने तारा बहादुर थापा, तिलक बहादुर तामाङ, पदम बहादुर बुढाथोकी, नारायण बहादुर श्रेष्ठ, केदार बहादुर प्याकुरेल, चन्द्र बहादुर गुरुङ, दिनेशलाल श्रेष्ठ, बोल बहादुर खड्का, कर्ण बहादुर श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top