२०७८, २३ बैशाख बिहीबार
Bidur Tax Consultancy Service

मानव अधिकार तथा शान्ति समाज नुवाकोटको सप्ताहव्यापी कार्यक्रम

डबली खबर     चैत्र ३० २०७७ १०:०८


Trishuli Web Design Services in Nuwakot
Weekly program of Human Rights Peace Society Nuwakot

नुवाकोट – मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको बैठकको सेरोफेरोमा रहेर नुवाकोट शाखाले सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ ।

नुवाकोट शाखाले छवटा शैक्षिक संस्थाहरू कलेज तथा विद्यालयहरूमा आणविक अस्त्र उन्मूलन सम्बन्धि, जलवायू परिवर्तन, लागु औषध/मदिरा दुर्व्यसनविरुद्ध अभियान र शान्ति हाम्रो अधिकार विषयहरूमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रम केन्द्रिय सचिव रामप्रसाद जोशी, जिल्ला शाखा सभापति नारायण श्रेष्ठ, जिल्ला शाखा नुवाकोटका निवर्तमान सभापति केशवराम तिमल्सिना लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

विरोध कार्यक्रम तथा काव्य प्रवाह

शुक्रबार मानवअधिकार शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, संविधान सभा सदस्य राज्यलक्ष्मी श्रेष्ठ पाण्डे, संस्थापक सदस्य कृष्ण कँडेल, केन्द्रिय सभापति गोविन्द खनाल तथा केन्द्रीय पदाधिकारीहरू, राजनीतिककर्मीहरू, प्राध्यापकहरू, पत्रकारहरूको उल्लेख्य उपस्थितिमा म्यानमारमा नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र बहालीको मागसहित नुवाकोट शाखाको आयोजनामा सदरमुकाम विदुरमा र्‍यालीगरी कोण सभागरि विरोध कार्यक्रम गरेको थियो । सोहि दिन केन्द्रीय कार्यसमितिको दोस्रो बैठक तथा साँझ काव्य प्रवाह ७ जना कविहरूले राष्ट्रिय भावना र मर्मस्पर्सी कविता, गजल तथा मुक्तकहरू प्रस्तुत गरेका थिए ।

अन्तर्क्रिया कार्यक्रम

समाजले “दण्डहीनता विरुद्ध शान्ति समाजको अभियान” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रम नुवाकोट शाखा सभापति श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख वक्ता कृष्ण पहाडीले दण्डहिनता मानवता विरोधी पराकाष्टा रहेको हुदाँ राजनीतिक दल, नेताहरू र स्थानीय सरकारहरूले यसलाई रोक्नुपर्ने बताए । पहाडीले देशमा भ्रष्टाचार र अपराधिककार्य मौलाउँदै गएको, देशका शासकहरू र राजनीतिक दलहरूको अकर्मन्यताले गर्दा म्यानमारमा जस्तै नेपालमा पनि तेस्तो अवस्था आउने त हैन ?, विदेशी हस्तक्षेप र अन्तर्राष्ट्रिय संस्थाहरूको प्रत्यक्ष हस्तक्षेपका लागि शासक र राजनीतिक दलका नेताहरूले मार्ग खुलाउँदै गएका त छैनन् ? भन्ने चिन्ता व्यक्त गरे ।

कार्यक्रममा संविधान सभा सदस्य जगदिश्वर नरसिंह केसी, संविधानसभा सदस्य राज्यलक्ष्मी श्रेष्ठ पाँडे, विदुर नगरपालिका नगर प्रमुख सञ्जु पण्डित, महिलाअधिकारकर्मी तथा नेतृ विन्दा अर्याल, नेकपा माओवादीका नेता लीलानाथ न्यौपाने, सहकारी अभियन्ता वैकुण्ठ मिश्रलगायतको सहभागिता रहेको थियो ।

सरसफाई

विदुर नगरपालिका १ नं. वडा का वडा अध्यक्ष लेनिन रञ्जितको सहभागितामा शान्ति समाजले पवित्र त्रिशूली नदीको प्रतिकात्मक रूपमा सरसफाई समेत गरेको शाखा कोषाध्यक्ष सुनिल बज्राचार्यले जानकारी दिए । यस्तै, समाजले बट्टार बजारका केहि क्षेत्रमा सरसफाइ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz


Top