२०८१, ६ बैशाख बिहीबार

बचत तथा ऋण सहकारी संघमा रमेश श्रेष्ठ

डबली खबर     चैत्र ३० २०७७ ०७:००

nuwakot saving and credit cooperative union bod members
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोट बचत तथा ऋण सहकारी संघ लिमिटेडको प्रारम्भिक साधारणसभाले रमेश श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय गठन गरेको छ ।

सभाले संघको उपाध्यक्षमा राजेन्द्रभक्त अमात्य, सचिवमा नविन्द्रमान प्रधान, कोषाध्यक्षमा केशव मिश्र चयन गरको छ। यस्तै, सदस्यहरुमा रामप्रसाद रिमाल, शान्ती गुरुङ, नविनकृष्ण राजभण्डारी, रामराजा श्रेष्ठ, राजकुमार तिमिल्सिना, भोलाशंकर गुरुवाचार्य र महेन्द्रमान डंगोल चयन गरेको छ ।

संघको लेखा सुपरिवेक्षण समितिमा संयोजक हरिकृष्ण श्रेष्ठ र सदस्यहरुमा केशवप्रसाद प्याकुरेल र कृष्णप्रसाद लामिछानेलाई चयन गरेको छ ।

त्यसैगरी संघको सल्लाहकारमा नारायण श्रेष्ठलाई चयन गरेको छ ।

संघका अध्यक्ष श्रेष्ठले बचत तथा ऋण संघ शुरुवाती चरणमा रहेकोले नेफ्स्कून, प्रदेश र जिल्ला संघसँगको सहकार्यमा अगाडि बढ्ने बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top