sujim bazar advert

सहकारी बाल क्लब गठन, वित्तिय साक्षरता कार्यक्रम

डबली खबर     चैत्र २६, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

cooperative student club
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – ६४औँ सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी बैंक लिमिटेड नुवाकोट शाखाले च्वाडी पब्लिक माध्यमिक विद्यालयमा ९ सदस्यीय सहकारी बाल क्लब गठन गरेको छ ।

नवगठित बाल क्लबको कार्य समितिको अध्यक्षमा कक्षा ११ मा अध्ययनरत छात्रा रचना खतिवडा, उपाध्यक्षमा नविनराज श्रेष्ठ, सचिवमा अनुप कुमाल र कोषाध्यक्षमा सरिता वयलकोटी चयन भएका छन् । यस्तै, सदस्यहरुमा प्रकाश पौडेल, सागर न्यौपाने, सुचना लामा, सुजिता अर्याल, सुनिता मिजार चयन भएका छन् ।

सहकारी बाल क्लबको संरक्षक शिक्षक सागर लामालाई चयन गरिएको छ ।

जिल्ला सहकारी संघ नुवाकोटका लेखा संयोजक नारायण श्रेष्ठको प्रमुख आतिथ्यता भएको कार्यक्रममा बैंक शाखाका प्रमुख प्रदिप अर्यालले कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता तथा सहकारी सम्बन्धि जनचेतनामूलक प्रस्तुत दिएका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले अहिलेदेखिनै बचत गर्ने र भविष्य सुरक्षित रहने बानीको विकासको लागि र नेतृत्व विकासका लागि क्लब गठन तथा साक्षरता कार्यक्रम फलदायी भएको बताएका छन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top