२०८१, ११ बैशाख मंगलवार

दुप्चेश्वर महादेव मन्दिरमा निर्माण सम्पन्न भएका संरचनाहरुको उद्घाटन

डबली खबर     चैत्र २२ २०७७ ११:१५

dupcheshwor mahadev madir puja
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – दुप्चेश्वर महादेव मन्दिर परिसरमा निर्माण सम्पन्न भएका संरचनाहरुको उद्घाटन तथा थप नयाँ कार्यको शनिबार शिलान्यास गरिएको छ ।

मन्दिर परिसरमा निर्माण सम्पन्न भएका भौतिक संरचनाको आज सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले उद्घाटन गर्दै

मन्दिर परिसरमा निर्माण सम्पन्न भएका भौतिक संरचनाको आज सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले उद्घाटन गर्दै नयाँ बन्ने संरचनाको शिलान्यास गर्दै बजेटमा अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

मन्दिर परिसर दुप्चेश्वर गाउँपालिकाको आयोजनामा गरिएको कार्यक्रमको बीच मन्त्री ढकालले दुप्चेश्वर महादेवको मन्दिरलाई धार्मिक रुपमा प्रचारप्रसार गरेर विश्व समुदायमाझ पुराउनतर्फ लाग्नुपर्ने र सँगसगैँ पर्यटन भित्र्याउन केन्द्रित हुनुपर्ने बताए । दुप्चेश्वर महादेवको मन्दिरमा दर्शनको लागी हिन्दु र बौद्धमार्गीको आस्थाको शीर भएकाले पशुपतिनाथ र गोसाइकुण्डको दर्शनको साथमा दुप्चेश्वर महादेव मन्दिरको दर्शनको लागी समेत भित्र्याउन लाग्नुपर्ने मन्त्री ढकालले बताए ।

कार्यक्रमको आयोजक दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले दुप्चेश्वर महादेवको मन्दिर व्यावस्थापनको लागी गाउँपालिका अर्थात स्थानीय सरकारको तर्फबाट आफूले समेत बजेट उपलब्ध गराई माथिल्लो सककारबाट समेत बजेट माग गरेर आवश्यक संरचनाको निर्माणमा जुटिरहेको बताए ।

भीरमा रहेका दुप्चेश्वर महादेरको मन्दिरसम्म पुग्नको लागी कठिन रहेको बाटोमा पदमार्गको व्यावस्था, दर्शनार्थीलाई लाइनमा बस्दा घामपानबाट बच्नको लागी ओत लाग्ने छाना, भेटी तथा सहयोगको पारदर्शीता, सिसिटिभी क्यामरा मार्फत सुरक्षा लगायतको प्रबन्ध मिलाएकाले अझै गुरु योजना मार्फत आवश्यकताको आधारमा संरचनाको निर्माण गर्दै अघि बढ्ने गाउँपालिकाको अध्यक्ष तामाङले बताए ।

कार्यक्रममा बागमति प्रदेशसभाका प्रमुख सचेतक केशवराज पाण्डे, बागमति प्रदेशसभाका सदस्य बद्री मैनाली, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, गाउँपालिकाको उपाध्यक्ष अञ्जु आचार्य, वडा नं. ६ का वडाध्यक्ष किशोर आचार्य, भूमि समस्या समाधान आयोग नुवाकोटका विज्ञ सदस्य बलराम आचार्य, स्थानीय दलीय प्रतिनिधि लगायतले मन्दिरको महत्व, यसको महिमा र साक्षात भगवानको रुपमा रहदै जे माग्यो त्यही पूरा गर्ने भगवान भएपनि प्रचारप्रसारको अभाव र आवश्यक संरचनाको निर्माण प्रभावकारी नभएको भन्दै तीनतहकै सरकारले यसलाई प्रथामिकता दिनुपर्ने बताए ।

दुप्चेश्वर मन्दिर परिसरमा निर्माण सम्पन्न भएका भौतिक संरचनाको उद्घान र अब बन्न लागेका संरचनाको शिलान्यास पश्चात मन्त्री ढकालले मन्दिरको दर्शन गर्दै महत्वको सम्बन्धमा चासो राखे ।

उक्त अवसरमा मन्दिरका पुजारी भगवानहरी धितालले प्रसिद्ध रहेको दुप्चेश्वर महादेवको मन्दिरको महिम निकै उच्च रहेको जानकारी दिदै यसको संरक्षण, प्रबद्धन तथा सदुपयोग गर्नतर्फ लाग्न ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top