sujim bazar advert

नुवाकोटमा राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्रको प्रादेशिक कार्यालय स्थापना

डबली खबर     चैत्र १, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

pradeshik aayurved belkotgadhi nagarpalika
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट – बेलकोटगढी नगरपालिका वडा नं १० बेलकोटस्थित नमूना कृषि सहकारी संस्थाको भवनमा राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्रको प्रादेशिक कार्यालय स्थापना गरिएको छ ।

शनिबार केन्द्रको स्थापना गरिएसँगै सोही अवसरमा निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण र परामर्श समेत दिइएको छ ।

प्रादेशिक केन्द्रको उद्घाटन बागमती प्रदेससभाका प्रमुख सचेतक केशव पाण्डेले गरेका हुन् ।

कार्यालयबाट सेवाग्राहीलाई आयुर्वेद औषधिको उपलब्धता, आयुर्वेदसम्बन्धी अनुसन्धानसहित तालिमसमेत प्रवाह गरिने केन्द्रले जनाएको छ।

प्रादेशिक केन्द्रमा आयुर्वेद चिकित्सक, कविराजसहितका कर्मचारीमार्फत अबदेखि नियमित सेवा उपलब्ध गराइने छ।

नुवाकोट र विशेषगरी बेलकोटगढीमा पाइने जडीबुटीको अध्ययन, अनुसन्धान, जडीबुटी खेतीको प्रवद्र्धन, आयुर्वेदिक औषधिको उपयोगका फाइदा र यससम्बन्धी प्रचार प्रसार गर्दै तालिमसमेत उपलब्ध गराइने केन्द्रले जनाएको छ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top