२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटमा राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्रको प्रादेशिक कार्यालय स्थापना

डबली खबर     चैत्र १ २०७७ १८:१५

pradeshik aayurved belkotgadhi nagarpalika
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – बेलकोटगढी नगरपालिका वडा नं १० बेलकोटस्थित नमूना कृषि सहकारी संस्थाको भवनमा राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्रको प्रादेशिक कार्यालय स्थापना गरिएको छ ।

शनिबार केन्द्रको स्थापना गरिएसँगै सोही अवसरमा निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण र परामर्श समेत दिइएको छ ।

प्रादेशिक केन्द्रको उद्घाटन बागमती प्रदेससभाका प्रमुख सचेतक केशव पाण्डेले गरेका हुन् ।

कार्यालयबाट सेवाग्राहीलाई आयुर्वेद औषधिको उपलब्धता, आयुर्वेदसम्बन्धी अनुसन्धानसहित तालिमसमेत प्रवाह गरिने केन्द्रले जनाएको छ।

प्रादेशिक केन्द्रमा आयुर्वेद चिकित्सक, कविराजसहितका कर्मचारीमार्फत अबदेखि नियमित सेवा उपलब्ध गराइने छ।

नुवाकोट र विशेषगरी बेलकोटगढीमा पाइने जडीबुटीको अध्ययन, अनुसन्धान, जडीबुटी खेतीको प्रवद्र्धन, आयुर्वेदिक औषधिको उपयोगका फाइदा र यससम्बन्धी प्रचार प्रसार गर्दै तालिमसमेत उपलब्ध गराइने केन्द्रले जनाएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top