२०७८, १ बैशाख बुधबार
Bidur Tax Consultancy Service

नुवाकोटमा एक साताभित्र तीनको मृत्यु

डबली खबर     फाल्गुन २८ २०७७ १६:३३


Trishuli Web Design Services in Nuwakot
death body

विदुर – गल्छी–देवीघाट सडकखण्डको गैरीगाउँमा गए राति मोटरसाइकलले ठक्कर दिँदा स्थानीय वीरमान श्रेष्ठले ज्यान गुमाए ।

बेलकोटगढी नगरपालिका-७ स्थित गैरीगाउँमा पैदल हिँडिरहेका सोही स्थानका ४५ वर्षीय श्रेष्ठलाई मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार ठक्कर दिने वा प्र ०२-०१९प ६०७९ नम्बरको मोटरसाइकल र चालक विदुर नगरपालिका-३ का ३१ वर्षीय यमबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तारुकाबाट महादेवफाँटतर्फ तीव्रगतिमा आउँदै गरेको मोटरसाइकलले करिब ८ बजेतिर पैदलयात्रीलाई ठक्कर दिएको थियो । उक्त घटनाको विरोधमा स्थानीयवासीले राति अबेरसम्म सडक अवरुद्ध गरेका थिए ।

नदिमा हाम फाली एकको मृत्यु

यस्तै, फाल्गुण २५ गते मंगलबार किस्पाङ गाउँपालिका-५, शान्ती बजारस्थित त्रिशुली नदिमा रसुवा उत्तरगाया गाउँपालिका-३, ठुलो गाउँका अन्दाजी ३७ वर्षको ईश्वरप्रसाद पौडेल हाम फालि बेपत्ता भएका थिए ।

सो घटनाको प्रहरीलई खबर प्रप्त हुनासाथ प्रहरी टोली र स्थानियहरुको संयुक्त पहलमा खोजतलाश कार्य गर्दै जादाँ त्रिशुली नदिको किनारमा मृत अवस्थामा फेला परेको थियो ।

बिषादी सेवन गरि एक महिलाको मृत्यु

फाल्गुण २४ गते सोमबार बेलकोटगढी नगरपालिका-११ अमारेका ३७ वर्षिया बुद्धिमाया तामाङले घरायसी विवादको विषादी सेवन गरेका थिए ।

स्थानीय भोजबहादुर तामाङको श्रीमती रहेकी उनीले घरायसी कारण मुसा मार्ने विषादी सेवन गरी सख्त घाईते भएको अवस्थामा उपचारको लागि जिल्ला अस्पताल त्रिशुली ल्याएको थियो । गम्भीर घाईते भएकी तामाङको उपचारको क्रममा मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz


Top