२०८०, ६ चैत्र मंगलवार

बिमार्ट ग्रुपको दोस्रो आउटलेट बट्टारमा

डबली खबर     फाल्गुन २० २०७७ १५:५१

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – बिमार्ट ग्रुपले विदुर नगरपालिकाको बट्टार बसपार्कमा आफ्नो दोस्रो आउटलेट सञ्चालनमा ल्याएको छ ।

मार्टको उद्घाटन नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले गरेका हुन् ।

मार्टमा प्रारम्भिक चरणमा हजारभन्दा बढी उत्पादन तथा वस्तु राखिएको बी मार्ट ग्रुपका अध्यक्ष भीमबहादुर गुरुङले बताए । उपभोक्ताको माग र रोजाईअनुसार मार्टमा वस्तु तथा उत्पादन बढाउदै लगिने छ । मार्टमा डिजिटल भुक्तानी समेतको सुविधा व्यवस्था गरिएको छ जसले गर्दा ग्राहकले डेबिट तथा भिसा कार्डमार्फत समान भुक्तानीको बिल तिर्न सकिने उनले बताए ।

मार्टमा खाद्यान्न, पेयपदार्थ, भान्छाका सामान, बालबालिकाको खेलौना, खेलकुदका सामग्री, लुगा लगायतका सामानहरु उपलब्ध छ ।

शुभारम्भको एक हप्तासम्म पाँचहजारभन्दा माथिका सामान खरिदमा एउटा विशेष कुपन प्राप्त गर्न सकिनेछ उक्त कुपनबाट भाग्यशाली ग्राहकले टिभीएसको स्कुटर प्राप्त गर्ने सक्नेछ ।

मार्टमा स्नुकर, पुल खेललगायत रेस्टुरेन्ट पनि छिट्टै सञ्चालनमा ल्याईने प्रबन्धक विष्णु गुरूङले बताए । बजारकै मूल्यमा एकै छानामा सबै सामान पाउने भएकोले ग्राहकले छिटो समयमा आफुलाई आवश्यक सामान खरिद गर्न सक्नेछ । हरेक समानमा मूल्य टाँस भएकोले ग्राहकले आफ्नो बजेट अनुसारनै सामान खरिद गर्न सकिने उनले बताए ।

ग्रुपले केहि वर्ष अगाडि कोलेनीमा पहिलो आउटलेट सञ्चालनमा ल्याएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top