२०८१, १२ बैशाख बुधबार

एशोदादेवी-भगवानसिंह केसी मेमोरियल ट्रष्टद्वारा दुई विद्यालयलाई कम्युटर वितरण

डबली खबर     फाल्गुन १७ २०७७ १३:५९

yashodha bhagwan memorial trust
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

म्यागङ – एशोदादेवी-भगवानसिंह केसी मेमोरियल ट्रष्टद्वारा नुवाकोटको म्यागङ गाउँपालिका-४ किम्ताङका दुई विद्यालयलाई कम्युटरसहितको स्वास्थ्य सामग्री वितरण गरेको छ ।

ट्रष्टले चन्द्रदेवी आधारभूत विद्यालय र सानुकिम्ताङ माध्यमिक विद्यालयलाई उक्त विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा ३/३ थान कम्युटर उपलब्ध गराएईको ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसी जानकारी दिए । ट्रष्टले शिक्षक–विद्यार्थीको लागि कोरोना रोगको सङ्क्रमणबाट बच्न मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सरसफाइका सामग्री उपलब्ध गराइएको छ ।

ट्रष्टको तर्फबाट सानुकिम्ताङ माविलाई दुई लाखको कम्प्युटर, एकलाख बराबरको स्वास्थ्य सहायता सामग्री र विद्यालयका ३०० भन्दा बढी अभिभावकलाई तीनलाख बराबरको न्यानो कपडा (ज्याकेट) उपलब्ध गराइएको ट्रष्टका संरक्षक अजुर्ननरसिंह केसीले जानकारी दिए ।

चन्द्रदेवी माविको लागि दुईलाखको कम्युटर, ५० हजार बराबरको स्वास्थ्य सहायता सामग्री र विद्यालयका ११० अभिभावकलाई एक लाखभन्दा बढीको न्यानो कपडा ज्याकेट उपलब्ध गराइएको छ ।

सानुकिम्ताङ माविको ५५औँ वार्षिकोत्सव र चन्द्रदेवी माविको २४औँ वार्षिकोत्सवको अवसरमा उक्त सहयोग सामग्री उपलब्ध गराएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top