+
Search

ताजा अपडेट +

पपुलर +

मान्छे किन जन्मन्छ? नयाँ गीत सार्वजनिक (भिडीओसहित)

manchhe kina janminchha ramkrishna dhakal
डबली खबर
५ साल अगाडी

चर्चित गायक रामकृष्ण ढकालको स्वरमा तयार भएको “मान्छे किन जन्मन्छ?” बोलको गीत सार्वजनिक भएको छ।

चलचित्र निर्देशक मनोज पण्डितद्वारा रचना गरिएको गीत संगीतकार चक्रपाणि तिमल्सिनाले संगीतबद्ध गरेका छन् । गोविन्द मधुर आचार्यले संगीत संयोजन गरेका छन्।

अकष्टिक नेपालमा रेकडिङ्ग भएको गीतका रेकर्डिस्ट राजाबाबु चौधरी हुन् भने ध्वनी सम्पादन तथा तथा मास्टरिङ वरिष्ठ साउण्ड इन्जिनियर प्रकाश मिश्रले गरेका छन् ।

अल थ्रि मोटिभ स्टुडियोको ब्यानरमा तयार भएको म्युजिक भिडीओको निर्देशन चलचित्र निर्देशक मनोज पण्डित आफैले गरेका हुन् ।

भिडीओ सम्पादन सन्तोष दवाडीले गरेका छन् भने कलरिङ्ग पदम तिमल्सिनाले गरेका हुन् । क्यामरामा प्रकाश गोपाली रहेका छन् ।

उक्त गीत संगीतकार तिमल्सिनाको युटुब च्यानलबाट सार्वजनिक भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ