२०८०, ४ चैत्र आईतवार

भिष्म द्वादशीमा भिमसेनको विशेष पूजा

डबली खबर     फाल्गुन १२ २०७७ १८:५७

bhishma dwadashi nuwakot newar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – परापूर्वकालदेखि नेवार समुदायको इस्टदेवताको रुपमा रहेको भिमसेनको विशेष पूजा गरी द्ववादशी पर्व मनाएको छ । आज नेवार समुदायले विशेष किसिमको समयबजि तयार पारी पुजा गरी द्ववादशी पर्व मनाएको हो ।

फाल्गुण द्वादशीको दिन नुवाकोटको इन्द्रचोक, अशोक बाटिकामा रहेको भिमसेन मन्दिर र बट्टार पुरानो बजारमा रहेको भिमसेन मन्दिरमा विशेष पुजा गरी नेवार समुदायले द्वादशी पर्व मनाएको छ ।

हरेक बर्ष फाल्गुण द्वादशीका दिन भिमसेनको पुजा हुँदै आईरहेको छ । हरेक बर्ष नेवार समुदायका मानिसहरुको सक्रियतामा सो पुजा हुँदै आईरहेको स्थानीय नारायणमान डङ्गोलले बताए । पुजामा नेवार समुदायको साथै अन्य जातजातीका समुदायको संलग्नतामा हरेक बर्ष भिमसेनको पुजा गरिदै आईरहेको उनले बताए ।

माघ शुक्ल द्वादशीलाई ‘भीष्म द्वादशी’ भनिन्छ । यो दिनलाई महाभारतकाल र उनै दृढ–प्रतिज्ञ भीष्मसँग जोडिन्छ । भीष्म अष्टमीबाट शुरु भएको भीष्म पञ्चक व्रत आजको दिन समापन हुन्छ । एकदिन अगाडि भीमा एकादशीको व्रत लिएका व्रतालुहरुले विधिपूर्वक भगवान विष्णुको आराधना गरेर व्रत तोड्छन् । भीष्म द्वादशीको दिन विष्णु शहस्त्रानाम स्तोत्र पाठ गर्ने र विष्णुको कीर्तन गर्ने चलन छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top