२०७८, २१ श्रावण बिहीबार

छहरे महोत्सव: गोसाँइकुण्ड हेलि टुर्स र प्याराग्लाईडिङ्ग विशेष आकर्षण

डबली खबर     फाल्गुन १२ २०७७ १२:४४


Prabhu Gosainkunda Heli tours and paragliding suryachaur nuwakot dabalikhabar
Tribhuvan Trishuli Secondary School
bidur tax

नुवाकोटलिखु गाउँपालिकाको छहरेमा यहि फाल्गुण १४ गतेदेखि २२ सम्म हुने प्रथम ऐतिहासिक लिखु-छहरे महोत्सव तथा व्यापार मेलामा हेलिकप्टर चढेर गोसाँइकुण्डको अवलोकन गर्न पाइने भएको छ ।

महोत्सवलाई मध्यनजर गरेर प्रभु हेलिकप्टरले छहरेदेखि रसुवाकाे गोसाँइकुण्ड र नुवाकोट दरबारको अवलोकन गराउने प्रभु हेलिकप्टरका राजेश डंगोलले बताए । हेलिकप्टरले गोसाँइकुण्ड अवलोकनको लागि प्रतिव्यक्ति शुल्क १५ हजार रुपैयाँ लिनेछ ।

विशेष गरि नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि महोत्सवमा हेलिकप्टर ल्याउन लागेको हो । महोत्सवको उद्घाटन दिन हेलिकप्टरले पुष्प गुच्छा गर्ने समेत बताइएको छ ।

यस्तै, महोत्सवमा प्याराग्लाईडिङ्गको मज्जा पनि लिन पाइने भएको छ । शिवपुरी गाउँपालिका वडा नम्बर ७ को पर्यटन क्षेत्र सुर्याचौरदेखि लिखु गाउँपालिकाको वडा ६ छहरेसम्म प्याराग्लाईडिङ्ग गराईने आयोजकले जनाएको छ ।

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot



Top