२०८१, १४ बैशाख शुक्रबार

नुवाकोट कारागारका तीन जना कैदीको कैद मिनाहा

डबली खबर     फाल्गुन ८ २०७७ १८:०२

Jail prison
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – जिल्ला कारागार नुवाकोटका तीन जना कैदीहरुको बाँकी कैद मिनाहा भएको छ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कुल १५७ कैदी मध्ये तीन जनाको कैद मिनाहा भएको जेलर दुर्गा वाग्लेले जानकारी दिए । तीन जना नै कर्तव्य ज्यान मुद्धामा कारागार चलान भएका थिए ।

मुलुकी अपराध संहिता २०७४ बमोजिम अपराधको नकारात्मक सूचीमा नपरेका, ५० प्रतिशत सजाय भुक्तान गरेका, असल चालचलन भएका, जेलर र प्रमुख जिल्ला अधिकारीको सिफारिसमा सरकारले बन्दीको सजाय मिनाहा गरेको हो ।

सजाय मिनाहा पाएका तीन जनालाई नै शुक्रबार आफन्तको जिम्मा लगाई पठाइएको कारागारले जानाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top