sujim bazar advert

बर्डफ्लु रोग नुवाकोटमा भित्रिन दिदैनौं – नुवाकोट पोल्ट्री व्यवसायी

डबली खबर     माघ २९, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

birdflu nuwakot interaction 2020
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर – नुवाकोटमा बर्डफ्लु रोग सम्बन्धि एकदिने अन्तर्क्रिया गोष्ठी सम्पन्न अन्तर्क्रिया कार्यक्रम भएको छ ।

गत हप्ता काठमाडौंको तारकेश्वर नगरपालिकामा बर्डफ्लु देखिएपछि पोल्ट्री व्यवसायी संघको आयोजनामा रोग नियन्त्रण र व्यवसायीहरुको स्वास्थ्य सुरक्षामा सतर्कता अपनाउनको लागि सरोकारवाला पक्षसँग जनचेतनामुलक कार्यक्रम गरेको हो ।

बिहिबार भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु विकासको कार्यालयमा भएको अन्तरक्रियामा कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद पन्थीले बर्डफ्लु रोगको तत्कालै सङ्क्रमणको क्षेत्र नबढ्ने भएकोले सङ्क्रमण क्षेत्रको अवस्था बारे सम्बन्धित निकायले जिल्लाका आमनागरिकलाई सुसूचीत गराउनुपर्ने र आपत्कालीन उपायहरू अपनाउनु पर्ने बताए । बर्डफ्लु रोगको प्रत्यक्ष असर पोल्ट्री व्यवसायमा हुने भएकोले यसको गतल प्रचारप्रसारको पछि नलाग्न सबैमा अनुरोध गरे ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जिल्लामा अहिले बर्डफ्लु नभित्रिएको हुनाले भयवित नहुन आग्रह गरेका छन् । यसको संक्रमण फैलन नदिन सबै सरोकारवाला निकायको समन्वयमा रोग नियन्त्रणमा जुट्ने बताए । पोल्ट्री व्यवसायसम्बन्धित भएकाले पोल्ट्री व्यवसायले आफ्नो लगानीको प्रतिफल पाउनको लागि उच्च सतर्कतासाथ लाग्नुपर्ने छ ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु विकास अधिकृत भरत पाण्डेले मासुलाई उच्च तापमा पकाएर खाएमा सङ्क्रमण नहुने बताए । उनले कथमकदाचित उक्त रोगमा जिल्लामा भेटिएमा सरोकारवालाहरुको उच्च निगरानी सङ्क्रमण भएको क्षेत्रमा पुगी नियन्त्रण गरिने बताए । साथै बर्डफ्लु रोगबाट पर्ने जाने क्षतिपूर्तिको लागि पोल्ट्री व्यवसायीले पूर्ण विवरण पेश गरे राहत पाउने उनले बताए।

त्यस्तै, कार्यक्रममा त्रिशुली अस्पतालका डाक्टर अमितकुमार श्रेष्ठले बर्डफ्लु रोग तथा कुनै पनि रोगको संक्रमण फैलन नदिनको समयमै सचेत रहनुपर्ने बताए । उनले बर्डफ्लुको संक्रमण कोहि व्यक्तिमा भएमा तत्काल उपचारको लागि अस्पतालमा आएर एक साता उपचार तथा औषधि सेवन गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल केन्द्रिय पशु चिकित्सालयका डा. तुलसीराम गम्पोले बर्डफ्लु रोग, व्यवसायीहरुको स्वास्थ्य सुरक्षा, रोकथाम तथा खोर सरसफाईमा अपनाइने विविध तरिकाहरुको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

बर्डफ्लु रोगको सङ्क्रमणले मानिसलाई अरु फ्लू लाग्दा देखिने लक्षणजस्तै सङ्क्रमण भएपछि खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, चिसो लाग्ने, हाछ्युँ आउने, मांसपेशीमा पीडा हुने, नाकबाट पानी बग्ने वा नाक थुनिने लगायतका लक्षण देखिने हुन्छन् ।

विभिन्न समयमा देखा पर्ने गरेको बर्डफ्लू रोगको कारणले कुखुरा व्यासायीलाई उच्च जोखिम र त्रासको बतावरण बनाउदै आएको छ । पोल्ट्री व्यवसायी संघले हालको अवस्थामा रोग फैलिन नदिनका लागी रोग फैलिएको क्षेत्र र आसपासको क्षेत्रबाट पन्छी तथा पन्छी जन्य पदार्थहरुको ओसार पोसार नगर्न सबै पोल्ट्री व्यवसायीहरुलाई अनुरोध गरेको छ । साथै, जिल्लामा अवैध चल्लाको बिक्रि वितरणमा प्रशासनले रोक लगाउनुपर्ने बताएका छन् ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top