२०७८, २१ श्रावण बिहीबार

काँग्रेस निकट संस्थाहरुद्वारा प्रतिनिधिसभा पुर्नस्थापनाको माग

डबली खबर     माघ २४ २०७७ १८:०७


nepali congress nuwakot 20771024
Tribhuvan Trishuli Secondary School
bidur tax

विदुर – नेपाली काँग्रेस निकटका संस्थाहरुले शनिबार नुवाकोटको सदरमुकाम विदुरमा प्रतिनिधिसभा विघटनको विरोधमा विरोध प्रदर्शन गरेका छन् ।

नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटको अगुवाईमा विदुर चोकबाट सुरु भएको विरोध प्रदर्शनमा “प्रतिनिधिसभा पुर्नस्थापना गर”, “सर्वसत्तावाद मुर्दावाद” लगायत विभिन्न पेशागत मागहरु समेटिएका नाराहरु लगाएका थिए । विरोध प्रदर्शन लोकतान्त्रिक चौतारोमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले प्रतिनिधिसभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीमा रहेको सर्वसत्तावादी र अधिनायकवादी सोचको उपज रहेको उल्लेख गर्दे नागरिक आन्दोलनको बलमा संबिधानलाई सही बाटोमा हिँडाउनुको विकल्प नरहेको बताए ।

कोणसभामा नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटका अध्यक्ष शिव देवकोटा, शिक्षक संघकी उपाध्यक्ष रुपा पाण्डे र प्रेस युनियन नुवाकोटका अध्यक्ष नवराज सुवेदीले लोकतन्त्रको रक्षाका लागि हुने हरेक आन्दोलनमा पेशाकर्मीहरुको सक्रिय साथ रहने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

कोणसभामा प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंसदीय भएकाले लोकतन्त्रको रक्षाका लागि समेत प्रतिनिधिसभा पुर्नस्थापनाको बिकल्प नरहेको अन्य वक्ताहरुले धारणा व्यक्त गरेका थिए ।

विरोध प्रदर्शनमा नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटसँग आवद्ध १३ वटा संस्थाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot



Top