+
Search

ताजा अपडेट +

पपुलर +

रक्त सञ्चार केन्द्र स्थापनार्थको लागि गरे २६ जनाले रक्तदान

saarathi cooperative blood donation program in trishuli hospital
डबली खबर
५ साल अगाडी

नुवाकोट – त्रिशुली अस्पतालमा आस्कमिक रक्त सञ्चार केन्द्र स्थापनार्थको लागि आज २६ जनाले रक्तदान गरेका छन् ।

अस्पतालमा ‘फ्रेस ब्लड’को अभाव हुन नदिनको लागि आयोजना गरिएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेको अस्पतालका मेडिकल सुपरीटेण्ड दिपेन्द्र पाण्डेले बताए । बिरामीहरुको सहजताका लागि अस्पतालकै व्यवस्थापनमा रक्त सञ्चार केन्द्र स्थापनाको लागि रक्तदान कार्यक्रम गरिएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुनेलाई धन्यवाद दिए। कार्यक्रमको सौजन्य गर्ने सारथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडप्रति पनि उनले विशेष आभार प्रकट गरे।

रक्तदानमा सहकारीका शेयर सदस्यहरु, अस्पतालका चिकित्सक, कर्मचारीहरुलगायतले रक्तदान गरेको सारथी सहकारीका अध्यक्ष गोकर्ण रोक्काले बताए ।

उक्त संस्थाले यसअधि पनि अस्पतालमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको छ।

यस अघि नुवाकोट रेडक्रस सोसाईटिद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रले अस्पताल परिसरभित्रबाट सेवा दिदैं आईरहेको थियो । गत हप्ताबाट अस्पताल बाहिर निर्माण भएको केन्द्रको रक्त सञ्चार भवनबाट सेवा सुरु गरेको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ