२०७८, २३ बैशाख बिहीबार
Bidur Tax Consultancy Service

हीरानाथको आरोप – केपी तानाशाही, अधिनायकवादी र संविधान विरोधी हुन्

डबली खबर     माघ २१ २०७७ २०:२५


Trishuli Web Design Services in Nuwakot
hiranath khatiwada nuwakot

नुवाकोट – विभाजित नेकपाको प्रचण्ड-माधव समूहले भोली घोषणा गरेको आमहड्तालको पूर्वसन्ध्यामा आज साँझ देशभर मसाल जुलुस निकालेको छ ।

सदरमुकाम विदुरमा निकालिएको मसाल जुलुसमा उक्त समूहका विद्यार्थी नेताहरु र सयौं कार्यकर्ताहरु सहभागी थिए । उनीहरुले सरकार र प्रधानमन्त्री केपी ओलीको विरोधमा नारावाजी गरेका थिए ।

जुलुसपछिको सभालाई सम्बोधन गर्दै नेता हीरानाथ खतिवडाले केपी ओली कम्युनिष्ट पार्टीभित्रबाट निस्किएको एउटा तानाशाही, अधिनायकवादी, संविधान र गणतन्त्र विरोधी भएको आरोप लगाएका छन्। संवैधानिक निकायमा पदाधिकारीहरूलाई नियुक्त तथा शपथ गराएको विरोधमा देशव्यापी तय भएको मसला जुलुसलाई सम्बोदन गर्दै नेता खतिवडाले उक्त भनाई राखेका हुन् ।

ओलीले चालेका हरेक कदम असवैधानिक छ। यसलाई सबैले निन्दा गर्नुपर्ने बताए । पुष ५ गतेदेखि सिङ्गो देश आन्दोलित भएको छ, ओलीनिकट बाहेक सबैपार्टी आन्दोलित भएको छ । यसकारण घुँडा टेक्नुको विकल्प नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz


Top