२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटमा तीन जना कुष्ठ प्रभावित व्यक्ति

डबली खबर     माघ १८ २०७७ २१:०७

kustharog world leprosy day program in bidur municipality nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – आज ६८ औँ विश्व कुष्ठरोग दिवस । ‘कोरोना महामारीमा हाम्रो संयमता, समयमै कुष्ठरोग व्यवस्थापनमा सक्रियता’ भन्ने नाराका साथ नुवाकोटमा पनि अन्तरक्रिया कार्यक्रम गरी यो दिवस मनाइएको छ ।

विदुर नगरपालिका आयोजित कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले कुष्ठरोग समयमै उपचार गरे निको हुने भएकोले सामाजिक विभेद नगर्न अनुरोध गरे । आफ्नो शरीरमा लाटो, राताे र फुस्राे दाग भए नभएकाे समयमा हेर्नुपर्ने बताए । नगरपालिकाले यस रोगको निवारण र उन्मूलनको लागि नागरिकस्तरमा सचेतनामूलक कार्यक्रम गरिने बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले कुष्ठरोगका बारेमा प्रस्तुतीकरण गरेका थिए । तथ्यांकअनुसार नुवाकोटमा चालुआर्थिक वर्षको साउनदेखि गत कार्तिक महिनासम्ममा तीन जना कुष्ठरोग प्रभावित रहेका छन्। कुष्ठरोग प्रभावित हुनेमा विदुर नगरपालिका, बेलकाेटनगरपालिका र दुप्चेश्वर गाउँपालिकाका १/१ जना नागरिक रहेको तथ्यांक छ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमणले कुष्ठ प्रभावित व्यक्तिहरुको पहिचानमा पनि असर पारेको उनले बताए।

कुष्ठरोगको औषधि सरकारी अस्पतामा निःशुल्क उपलब्ध हुँदै आएको छ । रोगलाई लुकाएर राख्न हुदैंन । कुष्ठरोगबाट शरीरका अङ्ग भंग भइ अपाङ्ग समेत हुन्छ । समयमै उपचार गरे रोग निको हुने भएकोले सामाजिक रुढीवादीलाइ त्याग्नुपर्ने छ । कुष्ठ प्रभावित व्यक्तिहरुलाई एकीकृत पुनर्स्थापना सेवा समुदायमा उपलब्ध गराई समुदायमा समान अवसर पाउने हैसियत श्रृजना गरी ससम्मानपूर्वक समाजमा स्थापित गराउनु सामाजिक पुनर्स्थापना भएकोले व्यक्तिगत, पारिवारिक र सामाजिक स्तरमा पहुँच हुने गरी व्यापक रुपमा समुदाय, स्थानीय र जिल्लाभर यस रोगको उन्मूलनमा नागरिक सचेत भएर लाग्नुपर्ने बताए ।

यस रोगबारे जनचेतना फैलाउन प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवस मनाउने गरिन्छ। यो दिवसका दिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले साताभरी नै विविध जनचेतनामूलक कार्यक्रममको आयोजना गरी मनाउने गर्दछ ।

कुष्ठ रोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको कम सर्ने रोग हो । ९५ प्रतिशत मानिसमा कुष्ठरोगको किटाणुसँग लड्न सक्ने इम्युनिटी हुन्छ । यो रोग मानिसबाट मानिसमा सर्छ । शुरुकै अवस्थामा निदान र उपचार गर्ने हो भने यो रोग अन्य व्यक्तिमा सर्दैन्।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top