२०८१, ३ जेष्ठ बिहीबार

नुवाकोट चेम्बरको दोस्रो साधारणसभा सम्पन्न, विदुरसम्म चिनियाँ व्यापारीलाई विना भिसा नीति हुनुपर्ने श्रेष्ठको भनाई

डबली खबर     माघ १६ २०७७ १७:१४

Nepal chamber of commerce (NCC)
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोट चेम्बर अफ कमर्सले आफ्नो दोस्रो साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार बट्टारमा एक कार्यक्रमका साथ साधारणसभा सम्पन्न गरिएको हो । नुवाकोट चेम्बरको दोश्रो साधारण नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले गरेका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले चीन सरकारले ३० किलोमिटरको प्रावधानलाई बढाएर नुवाकोटको सदरमुकाम विदुरसम्म आवतजावतमा चिनियाँ व्यापारीलाई विना भिसा नीतिको लागि नेपाल सरकारले पहल गर्नुपर्ने बताए । नुवाकोटलाई उद्योग, व्यवसायको साथै कृषि, पर्यटन क्षेत्रमा वृद्धि गरिनुपर्ने छ । सुख्खा बन्दरगाहको सञ्चालनले त्रीदेशीय मार्गको विकास हुने र सम्भावित रेल मार्ग छिटो सञ्चालनमा ल्याउन सके नुवाकोटमा उद्योग, व्यवसाय, कृषि र पर्यटनमा वृद्धि हुने बताए । राजधानीसँग जोडिएको जिल्ला भएरपनि अन्तरिक पर्यटकलाई नुवाकोट भित्राउन नसकेको बताए । व्यवसायीहरुले जिल्लामा अन्तरिक पर्यटक भित्राउन सोहीअनुसारको पर्यटन सम्बन्धी कार्यक्रम ल्याउन अनुरोध गरे ।

महामारी कोरोनाकालको सुरुदेखि अहिलेसम्म व्यवसायीहरुले खेलेको भूमिकाको पनि मूल्यांकन हुनुपर्ने बताए । कृषि उपज सामाग्रीहरुको बजारीकरणको लागि उचित प्याकिङको व्यवस्था गरी बजारमा सहज रुपमा पुर्याउनको लागि व्यवसायीहरुले ध्यान दिनु जरुरी रहेको बताए ।

कार्यक्रम नुवाकोट चेम्बर अफ कमर्सका अध्यक्ष कविन्द्रमान प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो । उनले भावी योजना प्रस्तुत गर्दै महासंघका अध्यक्ष श्रेष्ठको पहलमा चीनको हुनान प्रदेशको स्याङथान शहर र विदुर नगरपालिकाका बीच भगिनीसम्बन्ध कायम गरि उद्योग, कृषि, शिक्षा, पर्यटन र व्यापार मध्ये कुनै एकमा सहजीकरण गरिने योजना रहेको बताए । महासंघको समन्वयमा अन्तर्राष्ट्रिय व्यवसाय सम्बन्धि व्यवसायिक ज्ञान, सीप र क्षमता अभिवृद्धिको लागि अध्ययन अवलोकन गरिने बताए ।

बेलकोटगढी नगरपालिका र ककनी गाउँपालिकामा निकट भविष्यमा स्थानीय स्तरको चेम्बर गठन गर्ने योजना रहेको नुवाकोट चेम्बर जनाएको छ ।

कार्यक्रममा कमर्स स्थापना र त्यसले उठाएका आर्थिक समृद्धि, व्यवसायीहरुको समस्या र हकहितको लागि व्यवसायीहरुले एक्यबद्धता जनाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top