+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आइएमई बैंक, कृषि उद्यमी र व्यवसायीबीच व्यवसाय प्रर्वद्धन गर्ने सहमति

डबली खबर
५ साल अगाडी

नुवाकोट – कृषि उद्यमी, व्यवसायी र बैंकबीच व्यवसाय प्रर्वद्धन गर्नको लागि अन्तरक्रिया कार्यक्रम भएको छ ।

सोमबार आयोजित नेपाल घरेलु तथा साना उद्योग महासंघ नुवाकोट र ग्लोबल आइएमई बैंकको सहकार्यमा भएको कार्यक्रममा कृषि उद्यमी, व्यवसायी र बैंकबीच व्यवसाय प्रर्वद्धन गर्ने सहमति भएको महासंघका अध्यक्ष रामकृष्ण राजभण्डारीले जानकारी दिए ।

ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले बैंक तथा वित्तिय संस्थाले उद्यमी र व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्ने भन्दै वास्तविक कृषकहरुलाई आफुहरुले प्राथमिकता दिएर लगानी गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सहभागीहरुले बैंक तथा बित्तिय संस्थाले उद्यमी तथा व्यवसायीहरुलाई सहज रुपमा ऋण प्रदान गर्नुपर्ने, ऋणको किस्ता व्यवसाय अनुसार फरक हुनुपर्ने लगायतका सुझाव दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ