२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटबाट मानवसेवा आश्रमले सडकबाट १४ को उद्धार

डबली खबर     माघ ११ २०७७ १७:१३

manavsewa ashram nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – सडकमा रहेका असहाय, अशक्त, बेसहारा तथा मनोरोगीको उद्धार गरी पालनपोषण तथा उपचारपछि परिवारमा पुनःमिलन गराउँदै आएको मानवसेवा आश्रमले सञ्चालन गरेको एक महिनाले ‘मेचीमहाकाली सडक यात्रा’ महाअभियानका क्रममा नुवाकोटबाट १४ जनाको उद्धार गरेको छ ।

राष्ट्रिय उद्धार कार्यक्रम तथा पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्मका सडकबाट असहायको उद्धार गरी संरक्षण दिइएको आश्रमले पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट घोषणा भई ८ गतेदेखि शुरु भएको हो ।

शनिबार नुवाकोटबाट महिला ५ र पुरुष ९ जनाको उद्धार गरेर आश्रमले काठमाडौंस्थित कार्यालयमा पठाएको थियो। आज आश्रमले विदुर नगरपालिकाको बट्टारदेखि विदुरसम्म र्याली समेत गरेको थियो ।

र्यालीपछि कोणसभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जिल्लाका कोहि नागरिकलाई घरबाट सडकसम्म आश्रित हुन पुर्याउने अवस्थालाई स्थानीय तहगत तथा प्रशासन र प्रहरीको समन्वयमा स्वास्थ्य उपचार पश्चात् परिवारसँग पुनःमिलन गराईने कार्यक्रम ल्याईने बताए । सडक जिल्लाभित्रने आश्रित व्यक्तिहरुलाई परिवारसँग मिलाउने कार्य गरी नुवाकोटलाई सडकमानवमुक्त बनाईने बताए ।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नुवाकोटबाट सडक आश्रित बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन व्यक्तिहरुलाई उद्धार गरी संरक्षण गरेको आभार व्यक्त गरे । नुवाकोटलाई सडकमानवमुक्त गर्ने कार्यलाई आगामी दिनमा पनि आश्रमसँग समन्वय गरिने बताए।

विदुर नगरपालिकाले उद्धार गरिएका मानिसहरुलाई दुईपटक काठमाडौंसम्म सडक आश्रित मानवहरूलाई आश्रमसम्म पुर्याउनको लागि एम्बुलेन्स सहयोगको साथै महाअभियानका टोलीहरुको एक रातको खाने, बस्ने प्रबन्ध समेत व्यवस्थापन गरेको आश्रमका केन्द्रीय कार्यसमितिका उपाध्यक्ष धर्मप्रसाद पौडेलले जानकारी दिए ।

उद्धार अभियानका क्रममा धादिङबाट ५ जना, रसुवाबाट ४ जना गरी महिला ८ र पुरुष १५ जनालाई उद्धार गरिएको आश्रमले जनाएको छ ।

त्यस्तै, आश्रमले झापा, सुनसरी, मोरङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, बाग्लुङ, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा सडक उद्धार अभियान थालेका थिए । आज सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा सडक उद्धार अभियान थालिने जनाएको छ ।

मानवसेवा आश्रमले तय गरेको एक महिने राष्ट्रिय उद्धार कार्यक्रम माघ १५ गतेसम्म सञ्चालन हुने छ। माघ १६ गते राष्ट्रिय सभागृहमा राष्ट्रिय उद्धार कार्यक्रम तथा मेचीमहाकाली यात्राको औपचारिक रुपमा समापन हुने आश्रमले जनाएको छ । 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top