२०८१, ८ बैशाख शनिबार

त्रिशुली अस्पतालभित्र धराप भवन

डबली खबर     माघ ९ २०७७ १३:०७

earthquake affect trishuli hospital administration office building
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

कोलेनी, नुवाकोट – जिल्ला अस्पताल हेर्दा भवन भव्य र लोभलाग्दो देखिन्छ, त्रिशुली अस्पताल ।भूकम्पले क्षति पुगेको अस्पताल! पुनःनिर्माणपछि अस्पतालले नयाँ भवन पाएर सेवा प्रदान गरिरहेको छ । जटिल शल्यक्रियासहितको उपचार सेवादेखि पर्याप्त जनशक्ति र भौतिक पूर्वाधारको विकास गर्दै विगतमाझैँ राजधानीका अस्पतालहरुमा बिरामी बोकेर दगुर्नुपर्ने झन्झट तथा बाध्यता हट्दै गईरहेको छ ।

चिकित्सक विज्ञसहितको मानव स्रोतले सम्पन्न अस्पतालको सेवाले नुवाकोटको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम नै छाएको छ । तर विनाशकारी भूकम्पका कारण धराप अवस्था रहेका त्रिशुली अस्पताल परिसरभित्र रहेको पुरानो प्रशासनिक भवन हटाउनेतर्फ सम्बन्धित निकायले चासो नदिँदा सेवाग्राही त्रासमा हिंडडुल गर्न बाध्य छन् ।

प्रशासनिक फाँट अहिले अस्पतालको नयाँ भवनको माथिल्लो तल्लामा सरेको छ । त्यहिँबाट सेवा दिँदै आईरहेको छ । त्यहि तल्लाबाट प्रष्ट रुपमा नै देख्न सकिने धराप भवनले अस्पताललाई नै गिज्याई रहेको छ ! भवनका चारै भित्ताहरु चिरिएका छन्, खण्डरको रुपमा परिणत हुँदैछ ।

अस्पताल परिसरभित्र रहेको भवनमा प्राविधिक तथा स्थानीयबासिहरुको रोकावटको कारणले गर्दा भूकम्पले क्षति भएको भवन पाँचवर्ष बितिसक्दा पनि हटाउन सकिएको छैन । क्षतिग्रस्त भवन हटाउन नसक्दा त्यहाँ हिँड्डुल गर्न जोखिम निम्त्याएको छ ।

earthquake affect trishuli hospital administration office building tws
भूकम्पले चिरिएका अस्पतालको प्रशासनिक भवन

धराप भवनका कारण अस्पतालमा जोखिम बढेपछि जोगिएर हिँड्नु पर्ने सेवाग्राहीहरु बताउँछन् ।  अस्पतालले सूचना टाँस गरि उक्त भवनको बाटो भएर सेवाग्राहीलाई हिँड्डुल गर्न निषेध गर्नुको साथै मुख्यद्वारको मार्ग प्रयोग गर्न अनुरोध गरिएको थियो । तर अहिले धेरै समय भएर होला डरलाई थामेर नै हिँड्डुल गरिरहेका छन् ।

अस्पताललाई १०० शय्याको विशिष्टिकृत अस्पताल स्तरोन्नति गर्ने नीति सरकारले लिएको छ । चिकित्सकहरु आवासगृह निर्माणाधिन रहेको छ । यता नवनिर्मित भवन नजिकै रहेको धराप भवन कतिबेला भत्कने हो कुनै टुंगो छैन ?

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top