२०८०, १६ चैत्र शुक्रबार

आन्तरिक पर्यटन पुनरुत्थान समिति बागमती प्रदेशमा नुवाकोटका दुई सदस्य

डबली खबर     पुष २३ २०७७ १६:४४

santosh upreti and lenin ranjit
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – अन्तरिक पर्यटन पुनरुत्थान समिति बागमती प्रदेशमा नुवाकोटका दुई पर्यटन व्यवसायी चयन भएका छन् ।

समितिमा पर्यटन व्यवसायी तथा विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष समेत रहेका लेनिन रञ्जित र होटल तथा पर्यटन व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष तथा नुवाकोट उद्योग वाणिज्य संघका उपाध्यक्ष सन्तोष उप्रेती चयन भएका हुन् ।

आन्तरिक पर्यटकहरुलाई घुम्नमा सहजीकरण गर्न नेपाल पर्यटन बोर्डले मङ्गलबार २१ सदस्यीय पर्यटन व्यवसायीहरुलाई लिएर अन्तरिक पर्यटन पुनरुत्थान समितिमा चयन गरी समितिले पूर्णता पाएको समितिका संयोजक ध्रुव सिम्खडाले बताए । उनका अनुसार समितिमा काभ्रेपलाञ्चोकबाट प्रेम श्रेष्ठ र केशव बडाल, चितवनबाट दिपक भट्टाराई, रसुवाबाट लाक्पा लामा, रितु लामा र तेम्बा तामाङलाई समितिमा सदस्य तोकिएको छ ।

त्यस्तै, काठमाडौंबाट तुल्सीराम भण्डारी र पदम योङहाग्ङ, ललितपुरबाट रघुनाथ पौड्याल र मिहिका धाख्वा, भक्तपुरबाट सत्यराम सुवाल र रामसुन्दर बके, धादिङबाट कुमारमणि थपलिया र प्रकाश सिम्खडा, सिन्धुलीबाट युवराज श्रेष्ठ, रामेछापबाट श्रीहरि श्रेष्ठ, सिन्धुपाल्चोकबाट दामोदर ढकाल, मकवानपुरबाट उकेश केसी, दोलखाबाट हरि ओलीलाई समितिमा सदस्य तोकिएको छ ।

बागमती प्रदेशको जिल्लाहरुबाट सदस्यहरु चयन गर्न नेपाल पर्यटन बोर्डले निर्देशन दिएको कार्यकारी प्रमुख धनन्जय रेग्मीले बताए । उनका अनुसार कोरोना संक्रमणको त्रासपछि गरिएको लकडाउन र निषेधाज्ञाले पारेको प्रभावबाट पर्यटन व्यवसायीलाई माथि उठाउन समितिले पहल गर्ने छ । 

अन्तराष्ट्रिय सीमा नाका बन्द रहेकाले भारत लगायतका देशबाट पर्यटक आउने अवस्था नभएको तर आन्तरिक पर्यटकहरुलाई कोरोनाको संक्रमणबाट सुरक्षित हुँदै घुम्नमा सहयोग गर्ने समिति सदस्य उप्रेतीले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top