२०७७, १९ फाल्गुन बुधबार
first nuwakot likhu chhahare business Expo

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्बको आईपीओ निष्काशन गर्दै

डबली खबर     पुष २२ २०७७ १४:५०


Trishuli Web Design Services in Nuwakot
nepal infrastructure bank ipo 2077

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले अहिलेसम्मकै ठुलो आठ अर्ब बराबरको आईपीओ निष्कासन तथा बिक्रि खुल्ला गर्ने भएको छ ।

बैंकले चुक्तापुँजी २० अर्बको ४० प्रतिशतले हुने ८ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १ सय मुल्यका ८ करोड कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ४० लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि शेयर बाँडफाँट गर्ने भएको छ । ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।

बैंकको उक्त आईपीओमा माघ २ गतेबाट ६ गतेसम्म सर्वसाधारणहरुले आवेदन दिन सक्नेछन् ।

बैंकले शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बैंकको हाल चुक्तापुँजी १२ अर्ब रहेको छ भने ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपछि बैंकको चुक्तापुँजी २० अर्ब पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz

प्रतिक्रिया




Top