२०८१, १३ बैशाख बिहीबार

नुवाकोटमा ३९४ सहकारी, कृषि सहकारीमात्र २२४

डबली खबर     पुष २१ २०७७ १६:०१

sahakari cooperative nuwakot details infographics tws dabalikhabar 2077
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – सहकारी विभागले मुलुकभरी रहेका सहकारी संघ/संस्थाको तथ्याङ्क सार्वजनिक गरेको छ । सातै प्रदेश तथा ७५३ वटै स्थानीय तहहरुसँगको सहकार्यमा अध्ययन गरी तथ्याङ्क संकलन गरेको हो ।

विभागको प्रारम्भिक नयाँ तथ्याङ्क अनुसार नुवाकोटमा ३९४ सहकारी रहेका छन् । सहकारी तथा गरिबी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली (कोपोमिस) अनुसार नुवाकोटका १२ वटै स्थानीयमा बचत तथा ऋणतर्फ ६९, बहुउद्देशीयतर्फ ४४, कृषितर्फ २२४, उपभोक्तातर्फ ६, चियातर्फ २, कफीतर्फ ११, दुग्धतर्फ ५ र अन्यतर्फ ३३ सहकारी संस्थाहरू रहेका छन् ।

तथ्याङ्क अनुसार बचत तथा ऋणतर्फ विदुर नगरपालिकामा २९, बेलकोटगढी ७, ककनी ७, किस्पाङ ३, लिखु ३, तादी ४, तारकेश्वर २, दुप्चेश्वर ३, पञ्चकन्या ३, शिवपुरी ३, सुर्यगढी ५ वटा सहकारी संस्थाहरू रहेका छन् । म्यागङ गाउँपालिका भनेकुनै पनि बचत तथा ऋण सहकारी नभएको तथ्यांक छ ।

यस्तै, कृषितर्फ विदुर नगरपालिकामा ५१, बेलकोटगढी ३३, ककनी २७, किस्पाङ ६, लिखु ५, तादी १८, तारकेश्वर १४, दुप्चेश्वर १२ पञ्चकन्या २०, म्यागङ ७, शिवपुरी १७, सुर्यगढी १४ गरी कुल २२४ सहकारी संस्थाहरू रहेका छन् ।

सहकारी नियमनमा कठिनाई

जिल्लाका १२ वटै स्थानीय तहमा सहकारीहरुको नियमन शाखा विस्तारकै क्रममा रहेको छ । तीमध्ये विदुर नगरपालिका, बेलकोटगढी नगरपालिकापञ्चकन्या गाउँपालिकामा सहकारी शाखा विस्तार भईसकेको छ ।

विदुर नगरपालिका सहकारी शाखाका अधिकृत पुष्कर शर्माका अनुसार विदुर नगरपालिकामा ११८ सहकारी संस्थाहरू रहेका छन् । जसमा बचत तथा ऋणतर्फ २९, बहुउद्देशीयतर्फ १८, कृषितर्फ ५१, कफितर्फ १, उपभोक्तातर्फ ४ र अन्य १५ सहकारी संस्थाहरू रहेका छन् । तीमध्ये कतिपय सहकारी संस्थाहरु निष्क्रिय रहेको छ ।

कोपोमिसमा प्रणालीअन्तर्गत सहकारीका संचालक समिति, विधान, शेयरसदस्य, कर्मचारी, निर्णय, वार्षिक प्रतिवेदन तथा कार्यक्रमहरु अध्यावधिक गर्न मिल्छ । तर नगरका सबै सहकारीले कोपोमिस प्रणालीमा पूर्ण रुपले विवरण नबुझाएको कारणले गर्दा सहकारीहरुको नियमनमा कठिनाई भएको उनले बताए ।

जिल्ला सहकारी संघ लिमिटेडका राजेश श्रेष्ठका अनुसार जिल्लाभरका सहकारीहरु मध्ये हालसम्म २७५ सहकारी संस्थाहरु आबद्ध रहेका छन् । आबद्धता रहेका सहकारी संस्थाहरु मध्ये करिब १५ प्रतिशत सहकारी संस्थाहरु निष्क्रिय रहेको र अध्यावधिक गर्ने कार्य भईरहेको छ ।

संघ र स्थानीय तहको समन्वय जिल्लामा सञ्चालनमा रहेका सहकारीहरुका प्रतिनिधिहरुलाई कोपोमिस तालिम प्रदान गरिए तापनि प्राविधिक दक्षताका कारण कार्यन्वयनमा कमि भएको उनले बताए।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top