२०८१, १४ बैशाख शुक्रबार

कहाँ हराए ५ हजार सहकारी ?

डबली खबर     पुष २१ २०७७ ११:४२

sahakari bibhag kathmandu
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – केही वर्ष मुलुकमा ३४ हजार ८ सय ३७ वटा सहकारी स्थापना भएको सहकारी विभागको तथ्यांकले देखाएको थियो ।

सोमबार सहकारी विभागले उक्त प्रतिवेदन अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको प्रतिवेदनको तथ्यांकमा २९ हजार ८ सय ८६ वटा प्रारम्भिक सहकारी संस्थाहरु रहेका छन् । नयाँ तथ्यांक अनुसार मुलुकमा ४ हजार ९ सय ५१ वटा सहकारी संस्था घटेको देखिएको छ ।

सहकारी विभागले आज गत साउनदेखि कात्तिकसम्म सातै प्रदेश तथा ७५३ स्थानीय तहहरुसंगको सहकार्यमा तयार पारेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

यसैगरी विभागले मुलुकमा २० वटा विषयगत केन्द्रीय संघहरू, एक राष्ट्रिय सहकारी बैंक, एक राष्ट्रिय सहकारी महासंघ, ७० वटा जिल्ला सहकारी संघ र २ सय ४१ वटा विषयगत जिल्ला सहकारी संघहरू क्रियाशील रहेको जनाएको छ ।

‘कतिपय सहकारी संघ/संस्थाको एकीकरण भएको तथा कतिपय संस्था निश्कृय रहेको कारण प्रारम्भिक सहकारीको सङ्ख्या २९ हजार ८ सय ८६ कायम भएको प्रारम्भिक आकलन गरिएको’ विभागले जनाएको छ ।

‘शुन्य लागतमा देशभरका ७ वटै प्रदेश तथा ७ सय ५३ स्थानीय सरकारको सहकार्यमा विवरण तयार गरिएको जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top