२०८०, ६ चैत्र मंगलवार

चिम्टेश्वरमा ७० फिटे भ्यूटावर

डबली खबर     पुष १७ २०७७ १२:०५

madan bhandari view tower in chimteshwor belakotgadhi nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – बेलकोटगढी नगरपालिकाको चिम्टेश्वर क्षेत्रमा ७० फिटे मदन भण्डारी भ्यूटावरको निर्माण थालिएको छ । बागमति प्रदेश सरकारको सहयोगमा चिम्टेश्वर महादेवको मन्दिर परिसरमा दुईहजार एकसय मिटर उचाईको स्थानमा भ्यूटावरको निर्माण थालिएको हो ।

भ्यूटावरको बागमती प्रदेशका प्रमुख सचेतक केशवराज पाण्डे र बेलकोटगढी नगरपालिकाको नगरप्रमुख राजेन्द्ररमण खनालले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।

करिब तीन करोड रुपैयाँमा निर्माण हुने भ्यूटावरको निर्माण आगामी जेठ समान्तसम्म सम्पन्न गरिने लक्ष्य राखिएको बेलकोटगढी नगरपालिकाको नगरप्रमुख राजेन्द्ररमण खनालले जानकारी दिएको छ ।

चिम्टेश्वर महादेवको पवित्र स्थल र पर्यटकीय रुपमा चिम्टेश्वरबाट नेपालको विभिन्न १६ जिल्लाको अवलोकन गर्न सक्नेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top