२०८०, १६ चैत्र शुक्रबार

दीर्घ सेवा सम्मानबाट शरण उत्सुक सापकोटा सम्मानित, तीन पुरस्कृत

सुनील श्रेष्ठ     पुष ९ २०७७ १५:२८

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नेपाल पत्रकार महासंघ नुवाकोटको १० औ बार्षिक साधारणसभाको अवसरमा तीन जना पत्रकारहरु पुरस्कृत र दुई दर्जनभन्दा बढी पत्रकारहरु सम्मानित भएका छन् ।

समारोहका प्रमुख अतिथी नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले त्रिशुली प्रवाह साप्ताहिकका प्रकाशक तथा सम्पादक शरण उत्सुक सापकोटालाई दीर्घ सेवा सम्मानबाट सम्मान गरेको छ ।

पत्रकार महासंघ नुवाकोटले ०७५ सालबाट नुवाकोटमा क्रियाशील पत्रकारहरूलाई सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ ।

साधारणसभाको अवसरमा पत्रकार मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कारबाट अर्थपथ डटकमका सम्पादक बिष्णु तारुके, पत्रकार रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट सगरमाथा पोष्ट डटकमका सम्पादक रबिनप्रसाद थपलिया र महिला पत्रकारिता पुरस्कारबाट बिबिसी नेपाली सेवाका शक्तिमाया तामाङ सम्मानित र पुरस्कृत गरिएको पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जानकारी दिएका छन् ।

तीन वटै पुरस्कारको राशी ११ हजार १११ रुपैयाँ रहेको छ । पत्रकार मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कारको राशी सौजन्य डबलीखबर डटकमले, पत्रकार रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कारको राशी सौजन्य नुवाकोट जेसिसले र महिला पत्रकारिता पुरस्कार त्रिशुली प्रबाह साप्ताहिकले सौजन्य गर्दै आएको छ ।

यस्तै पत्रकार महासंघ नुवाकोटले विश्वमाहारी नोबेल कोरोनाभाइरसका कारण भएको बन्दाबन्दीको समय र त्यसपछि पनि नागरिकहरूको स्वास्थ्य सुरक्षाका लागि निरन्तर सूसुचित गर्ने आठ जना पत्रकार र सञ्चार गृहहरूलाई समेत सम्मान गरेको महासंघ नुवाकोटले जनाएको छ ।

महासंघले कोभिड–१९ बिरुद्धको अभियानमा खटिने उत्तरगया दैनिकका सम्पादक शिव देवकोटा, नुवाकोट पुकार साप्ताहिकका सम्पादक सुकदेव दाहाल, राष्ट्रिय समाचार समिति (रासस)का जिल्ला समाचारदाता जमुना गजुरेल, नुवाकोट एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारी, डबली खबर डटकमका सम्पादक सुनिल श्रेष्ठ, गोरखापत्र दैनिकका समाचारदाता रामहरि गजुरेल, रेडियो नेपालका संवाददाता भोलाराज पौडेल र एभिन्युज टिभिका संवाददाता श्रीराम नेपाललाई कोभिड-१९ सम्मान गरेको छ ।

यस्तै, कोभिड-१९ का कारण बन्दाबन्दीको समयमा निरन्तर सञ्चालनमा रहेका सञ्चार गृहहरू रेडियो त्रिशुली, रेडियो जालपा, मिक्स एफएम, रेडियो चिम्टेश्वर, रेडियो सञ्जीवनी, गज्जबको रेडियो, रेडियो भैरवी, त्रिशुली खबर साप्ताहिक, नुवाकोट एक्सप्रेस डटकमविदुर खबर डटकमलाई पनि सम्मान गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top