sujim bazar advert

त्रिशुली अस्पतालको आईसीयु उपचार सेवा उद्घाटन

डबली खबर     पुस ७, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

icu service in trishuli hospital nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर, नुवाकोट – नुवाकोट, रसुवा, धादिङलगायतमा सेवा पुर्‍याउँदै आएको त्रिशुली अस्पतालमा पहिलोपटक आईसीयु उपचार सेवा सञ्चालनमा आएको छ । स्थापनाको ५६ वर्षपछि त्रिशूली अस्पतालमा पहिलोपटक आईसीयू सेवा सञ्चालनमा आएको हो । 

बागमती प्रदेशका उपसभामुख राधिका तामाङले त्रिशुली अस्पतालको आईसीयु उपचार सेवाको आज मंगलबार औपचारिक रुपमा उद्घाटन गरेकी हुन् ।

गत बुधबारबाट नै अस्पतालले दुई वटा भेन्टिलेटरसहित छ बेडको आईसीयु र चार बेडको एचडीयु सेवा सुरु गरेको भएतापनि आज औपचारिक उद्घाटन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिए । अस्पतालले कोभिड-१९ का गम्भीर बिरामीहरुलाई पहिलो प्राथमिकतामा राख्दैं आईसीयु सेवा सञ्चालनमा ल्याएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले श्वासप्रश्वासका समस्या भएका बिरामीहरु, मुटुका समस्या भएका बिरामीहरु, अत्यधिक ज्वरो, मेनेन्जाईटिस, ईन्सेफ्लाईटिस, सडक दुर्घटनामा परेकाहरु, सुत्केरी गराउँदा जटील समस्या देखिएकाहरुलाई भेन्टिलेटरको अभावका कारण थप उपचारका लागि काठमाडौं नै पठाउनुपर्ने बाध्यताबाट गुज्रिरहेको त्रिशूली अस्पतालमा आईसियु सेवा सुरु हुनुलाई जिल्लाको स्वास्थ्य सेवाको क्षेत्रमा ऐतिहासिक उपलब्धिको रुपमा लिईएको बताए ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतमा रहेको त्रिशूली अस्पतालमा कोरियन सहयोग संस्था (कोईका) को सहयोगमा सुविधासम्पन्न अस्पताल भवन निर्माण भएपछि अहिले नयाँ भवनबाट अस्पतालले गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top