२०८१, १४ बैशाख शुक्रबार

सहकारी प्रवर्द्धन तालिम

डबली खबर     पुष ६ २०७७ १५:१६

nuwakot sahakari coop nepal-min
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – जिल्ला सहकारी संघ नुवाकोटको आयोजनामा तीन दिने सहकारी व्यवसाय प्रवर्द्धन तालिम सम्पन्न भएको छ ।

पुष २ देखि ४ गतेसम्म आयोजना भएको तालिम तथा कार्यशाला गोष्ठीमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्य रहेको थियो ।

संघका अध्यक्ष राजेश श्रेष्ठका अनुसार जिल्लाका सहकारीहरुलाई सहकारीको मर्म अनुरुप व्यवसायिकतासँग जोड्न र सहकारीमा उद्द्यमशिलता प्रबर्द्धन गर्न तालिम आयोजना गरिएको हो । गुणस्तरीय र उचित मूल्यमा तरकारी तथा फलफूल बिक्री वितरण गर्ने व्यावसायिक योजना तथा रणनीतिक योजनाको अवधारणालाई कार्यन्वयन गराउनको लागि कृषक र सहकारी संघबीच समन्वय गर्नेमा तालिम केन्द्रित रहेको उनले बताए ।

सहकारी बजार विकास कार्यक्रम (सीएमडीपी) द्वारा सञ्चालित परियोजनालाई कृषक, सहकारी र उपभोक्तामैत्री बनाउने भन्ने उदेश्यका साथ सम्पन्न भएको कार्यक्रममा जिल्लाका २२ सहकारीको सहभागिता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघको प्राविधिक सहयोग र सीएमडीपीको कार्य योजनाअनुसार भएको तालिममा बुद्धीराज तामाङले सहजीकरण गरेका थिए।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top