विदुर – मानव अधिकारकाे लागि महिला एकल महिला संस्था नुवाकोटकाे अध्यक्षमा लक्ष्मी फ्युयाँल चयन भएकी छिन् । संस्थाकाे मंगलबार सम्पन्न भएको प्रथम अधिवेशनले फ्युयाँलकाे अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेकाे हाे ।
संस्थाकाे उपाध्यक्षमा गङ्गा बाेगटि, सचिवमा रुपा थापा, सहसचिवमा रेणु खतिवडा र काेषाध्यक्षमा शान्तिदेवी प्रदान चयन भएका छन् । संस्थाकाे सदस्यहरुमा दिलकुमारी रिमाल, सुपानी तामाङ, देवकी लामा, जानुका थापा, देवकी पौडेल, सानुकान्छी अधिकारी र सविना पाण्डे रहेका छन् ।
संस्थाकाे सल्लाहकारहरुमा राज्यलक्ष्मी श्रेष्ठ पाण्डे, राजकुमार आचार्य र नारायणप्रसाद नेपाल रहेका छन् ।
नुवाकोमा हाल १६ हजार सातसय एकल महिला संस्थामा आवद्ध रहेको संस्थाका निवर्तमान अध्यक्ष देवकी पौडेलले जानकारी दिईन् ।