२०८१, १३ बैशाख बिहीबार

सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवाद उन्मुख: नेता जगदिश्वरनरसिंह केसी

डबली खबर     मंसिर २९ २०७७ १४:४६

jagadishwor narsing kc
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज सोमबार देशभर सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । नुवाकोटमा पनि नेपाली काँग्रेसले सदरमुकाम विदुरदेखि बट्टारबजारसम्म विरोध र्‍याली निकालेका छन् ।

विरोध सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले अहिलेको सरकार निरंकुश, तानाशाही, सार्वसत्तावादी, एकदलीय अधिनायकवादीका विरुद्धमा देशभर नेपाली काँग्रेसले विरोध गरेको बताए ।

सरकारले तनहुँको पुल उद्घाटनमा जान लागेका प्रतिपक्षी दलका शिर्ष नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार सर्वसत्तावादको संकेत भएको भन्दै खेद व्यक्त गरे । नेता पौडेलमाथि भएको धरपकडको घटना आपत्तिजनक र निन्दनीय भएको भन्दै त्यस्ता सरकारको प्रवृत्तिविरुद्ध नुवाकोटमा प्रतिरोध गर्ने चेतावनी दिए ।

सरकारको सर्वसत्तावादी प्रवृत्तिमा कोभिड-१९ नियन्त्रणमा असफलता, स्वास्थ्य सामग्रीमा अनियमितता, राज्यआतंक, चर्को मुल्यवृद्धि, भ्रष्टाचार, महिलाहिँसा, करवृद्धि र कुशासनको विरुद्ध देशभर नेपाली काँग्रेसले विरोध कार्यक्रम गरिएको उनले बताए ।

सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शनका लागि शिर्ष नेताहरु देशका विभिन्न जिल्लामा पुगेका छन् ।

विरोधसभाको पुर्व सन्ध्यामा आईतबार नेपाल विद्यार्थी संगठनले सिट्ठी जुलुस निकालेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top