२०८०, १० आश्विन बुधबार
social securities awareness bidur municipality

लैङ्गिक हिंसा अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनमा जोड

डबली खबर     मंसिर २३ २०७७ ०९:३३

Law to end gender based violence program in nuwakot shivapuri-min
pratik book and stationery center in nuwakot

शिवपुरी, नुवाकोट – विद्यमान कानुनहरुका बारेमा अज्ञानता र प्रभावकारी कार्यान्वयनको अभावमा लैङ्गिक हिंसा बढिरहेकाले यसको समूल अन्त्यका लागि अधिकारप्राप्त सरकारी संयन्त्र र नागरिक समाजको प्रभावकारी परिचालन आवश्यक रहेकोमा शिवपुरी गाउँपालिकाका जनप्रतिनिधिहरुले जोड दिएका छन् । महिला हिंसाको वास्तविक कारकको पहिचान गरी कारण र समाधानको मार्ग पहिल्याउन स्थानीयस्तरमा क्रियाशिल जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुनेसमेत उनीहरुको भनाई छ ।

सोमबार लैङ्गिक हिंसा विरुद्धको १६औं दिने अभियानका क्रममा शिवपुरी गाउँपालिकाको आयोजना र जालपा मिडिया सर्भिसको संयोजनमा आयोजित अभिमुखिकरण कार्यक्रममा सहभागी गाउँपालिकाका महिला जनप्रतिनिधिहरुले महिला हिंसा अन्त्यका लागि यस सम्बन्धित कानुनको अभावमा स्थानीयस्तरमा प्रभावकारी कदम चाल्न नसकिएको बताउँदै विद्यमान कानुनहरुको प्रभावकारी कार्यान्वयन गरि हिंसामा संलग्नहरु दण्डित हुन्छन् भन्ने मान्यता स्थापित गराउन सक्नुपर्ने धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रामकृष्ण थापा र उपाध्यक्ष मञ्जु केसीले महिला हिंसा समाज बिकास र समृद्धिको अवरोधक भएकाले यसको समूल अन्त्यका लागि आवश्यक सबै उपाय अवलम्वन गरिने प्रतिबद्धता जनाउँदै स्थानीयस्तरमा हुने हिंसाका घटनाहरु अन्त्यका लागि जनचेतना जागृत गर्ने र अपराधीलाई दण्डित गर्न निरन्तर खवरदारी गर्ने काममा महिला जनप्रतिनिधिहरुले आफूलाई क्रियाशिल गराउनुपर्नेमा जोड दिएका थिए ।

त्यसक्रममा अधिबक्ता एवं महिला अधिकारकर्मी अनिता शर्माले महिला अधिकार स्थापित गर्दे समाजबाट महिला हिंसाको अन्त्य गर्न स्थानीयतहहरुको भूमिका महत्वपूर्ण रहने बताउँदै न्यायमा सबैको पहुँच स्थापित गर्ने हिंसामुक्त समाजको परिकल्पनाको उपज स्वरुप संबिधानले नै स्थानीयतहहरुलाई न्यायिक अधिकारसमेत प्रदान गरेको बताईन् । महिला हिंसालाई कानुनले जघन्य अपराधको रुपमा स्वीकारिसकेको बताउँदै त्यसक्रममा अधिबक्ता शर्माले कानुन कार्यान्वयनको फितलो अवस्थाले पनि महिला हिंसा बढिरहेकाले यसतर्फ सबैको निरन्तर खवरदारी आवश्यक रहेको धारणा समेत ब्यक्त गरिन् ।

कार्यक्रममा गाउँ कार्यपालिका सदस्य सिर्जना तमाङ, गाउँपालिकाका अधिकृत बिष्णु न्यौपाने र जालपा मिडिया सर्भिसका प्रबन्ध निर्देशक शिव देबकोटाले महिला हिंसाका कारण र यसको अन्त्यका लागि अवलम्वन गर्नुपर्ने रणनीतिहरुका बारेमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top