२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

एकिकृत वस्तिको शिलान्यास

डबली खबर     मंसिर १८ २०७७ १२:०४

pratik book and stationery center in nuwakot

नुवाकोट – विदुर नगरपालिका वडा नम्बर २ मा नगरपालिका क्षेत्रभित्रका भुमिहिन १४ परिवारको लागि एकिकृत वस्तिको शिलान्यास भएको छ ।

विदुर नगरपालिका वडा नम्बर १, २ र ९ का १४ परिवार भूमिहिनहरुको लागि वडा नम्बर २ मा निजी आवास निर्माण सुरु भएको हो । भारतीय राजदुतावासको सहयोगमा संयुक्त राष्ट्रसंघीय परियोजना (युएनओपीएस) परियोजना मार्फत १४ घर निर्माण सुरु भएको हो । विदुर नगरपालिका वडा नम्बर २ मा मा निर्माण भैरहेको सम्पदा वस्तिकै मापदण्ड अनुरुप निजि आवास निर्माण गरिने भएको छ ।

एकीकृत आवासको शिलान्यास गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ जिल्लाभित्र रहेका सबै भूमिहिनहरुलाई सम्बोधन गरेर नयाँ घरको निर्माण गर्न ढिलाई गर्न नहुने बताए ।

जग्गा खरिदको लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपलब्ध गराएको एक परिवारको लागि दुईलाख रुपैयाँको दरले साँढे ३ रोपनी जग्गा खरिद गरि आवास निर्माण प्रक्रिया सुरु गरेको वडा नं. २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top