२०७८, ४ आश्विन सोमबार

आयो ल्याङ्ग ल्याङ्ग

डबली खबर     मंसिर १२ २०७७ २१:४२

ayo lyang lyang web series released from nuwakot
tribhuwan trishuli secondary school admission open
bidur tax

दामिज् नुवाकोट नामक युट्युब च्यानलमार्फत समसायमिक विषयलाई लिएर सन्देशमुलक टेलिचलचित्र “आयो ल्याङ्ग ल्याङ्ग” प्रसारण भइरहेको छ ।

मनिष नगरकोटीको निर्माण र निर्देशन रहेको टेलिचलचित्र हरेक शुक्रबार सार्वजनिक हुने गरेको छ । हरेक शृंखलामा फरकफरक विषयलाई लिएर दर्शकमाझ पस्किरहेको टेलिचलचित्र अहिलेसम्म पाँचौ शृंखलामा आईपुगेको उनले बताए ।

टेलिचलचित्रमा नुवाकोटका कलाकारहरुको अभिनय रहेको छ । नगरकोटी नेताको भूमिकामा देखिएका छन्। कलाकारहरुमा काटूनिस्ट रामहरि रिमाल, संजय रिमाल, फैसिङ तामाङ, प्रेमकुमारी घले, श्रेया अधिकारी, मोहन घले, रमेश अधिकारी, प्रकाश खनाल, सन्तबहादुर तामाङ, विकास रोक्का र बालकलाकार अनिज खनाल रहेका छन् ।

दामिज् नुवाकोटका शरण लामाले टेलीचलचित्रको छायांकन र सम्पादन गरका छन् । गायक शैलेश शाहीले शिर्षक गीत र संगीत दिएका छन् भने रामहरी रिमालकै कथा र संवाद रहेको छ।

आयो ल्यांग ल्यांगको पाँचौ शृंखला

प्रकाशित: मंसिर १२ २०७७ २१:४२

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top