२०८१, १२ बैशाख बुधबार

जिल्ला प्रशासनमा बुझाउने राजश्व एनआइसी बैंकको एक्सटेन्सन काउन्टरबाट

डबली खबर     मंसिर ११ २०७७ १४:०९

dao nuwakot NIC Asia counter
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउनुपर्ने राजस्व अब एनआइसी एसिया बैंकको मालपोत कार्यालय विदुरमा रहेको एक्सटेन्सन काउन्टरबाट बुझाउन पाउने भएको छ ।

जिल्ला प्रशासन कार्यालयलाई बुझाउने राजस्व बुझाउन सेवाग्राही आधा किलोमिटर दूरीमा रहेको नेपाल बैंक लि. विदुर शाखामा बुझाउन जानुपथ्र्यो । राजस्व बुझाउने सुविधा जिल्ला प्रशासन कार्यालयसँगै रहेको एनआइसी एसिया बैंकको मालपोत कार्यालयमा रहेको एक्सटेन्सन काउन्टरबाट पाइने भएको छ ।

सेवाग्राहीले राजस्व बुझाउन अन्यत्र जानु नपर्ने व्यवस्था बिहीबारदेखि हटेको छ । एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालयलाई अनुरोध गरेर राजस्व बुझ्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयसँगै रहेको मालपोत कार्यालयको राजस्व बुझ्न स्थापना गरिएको एनआइसी एसिया बैंकको काउन्टरबाट जिल्ला प्रशासन कार्यालयको राजस्व बिहीबारदेखि बुझ्न सुरु भइसकेको छ ।

सेवाग्राहीको सुविधा र हितका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट जिल्ला प्रशासन सुधार वार्षिक कार्ययोजना तर्जुमा गरी निरन्तर रुपमा सुधार कार्य अगाडी बढाएकोमा अहिले ६० भन्दा बढी सुधार कार्यहरु सम्पन्न भैसकेको ढकालले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top