२०८१, १३ बैशाख बिहीबार

“घरमा मौरी गेटमा फुलको बोट” बोलको म्युजिक भिडिओ सार्वजनिक

डबली खबर     मंसिर ११ २०७७ १३:३३

Gharma Mauri Gatema fulko Bot Kumar Bhandari Madan Thapa Parbati Karki
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठे लोक दोहोरी गित “घरमा मौरी गेटमा फुलको बोट” बोल गीतको म्युजिक भिडिओ आज सार्वजनिक भएको छ ।

‘पासाङ ल्हामु रोड’को अपार सफलतापछि पासाङ ल्हामु रोड-२ को उक्त बोलको गीतमा गायक मदन थापाको शब्द रहेको छ । बिहिबार सरगम संगम इन्टरटेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा गायक मदन थापा, कुमार भण्डारी र गायिका पार्वती कार्कीको स्वर रहेको छ। गीतमा गायक भण्डारीकै सङ्गीत रहेको छ भने सङ्गीत संयोजन तिलक ओलीको रहेको छ।

म्युजिक भिडिओमा निरेन श्रेष्ठको निर्देशन रहेकोमा अमोन रानाको कोरियोग्राफी रहेको छ। भिडिओलाई रोशन धितालले सम्पादन गरेका छन्।

गीतको भिडिओमा संजिव ठकुरी, आयुष्मा कार्की, सुदिप यस्माली र अनुषा राईको अभिनय रहेको छ।

गीतमा प्रेमी र प्रेमिकाको भेटघाट नभएको विषयलाई लिएर मायाको तिर्सनाका माया पिरतीको कुरा लगायत नुवाकोटको सुप्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर महादेव मन्दिरको नामलाई समावेश गरिएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top