२०७७, १४ फाल्गुन शुक्रबार
first nuwakot likhu chhahare business Expo

त्रिशुली अस्पतालमा स्वाब संकलन बन्द

डबली खबर     मंसिर ८ २०७७ १७:२२


nepal Oil corporation advertisement dabali khabar

विदुर, नुवाकोट – त्रिशुली अस्पतालमा मङ्गलबारदेखि अर्को सूचना नभएसम्मको लागि नमुना स्वाब संकलन कार्य बन्द गरेको छ।

सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै कोभिड-१९ पिसिआर परीक्षणको लागि प्रदेशस्तरीय कोभिड-१९ प्रोटोकल अनुसार नमुना स्वाब संकलन गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएअनुसार अस्पतालमा हुने स्वाब सङ्कलन कार्य मङ्सिर ९ गतेदेख अर्को सूचना नभएसम्मको लागि बन्द गरिएको अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट (मेसु) डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।

अस्पतालमा उपचारको लागि आकस्मिक अवस्थामा आएका, भर्ना भएका, अपरेसन गर्नुपर्ने तथा ओपिडी सेवामा आएका बिरामीको प्रोटोकल अनुसार चिकित्सकको सिफारिसको आधारमा स्वाब संकलन हुने विज्ञप्तिमा भनिएको छ।

यसअघि अस्पतालमा हरेक सोमबार र बिहिबार नमुना स्वाब संकलन गर्ने गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori

प्रतिक्रिया




Top