२०७९, २७ श्रावण शुक्रबार

विद्युत ‘सट’ हुँदा आगलागी

डबली खबर     मंसिर ७ २०७७ १२:५१

Electrical sorting fire
Diyo Pathshala Montessori

विदुर, नुवाकोट – शनिबार नुवाकोटको दुई छुट्टाछुटै स्थानमा आगलागी हुदाँ करिब १५ लाख बराबरको क्षति भएको छ ।

शिवपुरी गाउँपालिका वडा नम्बर ४ बुढाथोकी गाउँमा रहेको लोकबहादुर बुढाथोकिको घरमा विद्युत ‘सट’ हुँदा आगलागी भएको छ ।

दिउँसो १:५५ बजे बुढाथोकीको कच्ची घरमा विद्युत ‘सट’ भई आगोलागी हुँदा घरको माथिल्लो तला पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए। आगलागीबाट नगद तथा जिन्सी गरी करिब १० लाख ५० हजार बराबरको क्षति भएको छ ।

आगलागिबाट सुनको २ तोला, काठको बक्स पलङ ४ वटा, टि.भी, काठको याक, टेवल, फ्रिज, दराज र गलैँचा लगायतका सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै, धान १० क्विन्टल, कोदो ३ क्विन्टल र गहुँ ४ क्विन्टल जलेर नष्ट भएको छ ।

आगलागीबाट कुनै पनि मानविय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।

यस्तै, विदुर नगरपालिका वडा नम्बर ४ भिमसेन मार्गमा रहेको सलिना काष्ठ फर्निचरमा आगलागी हुँदा करिब चार लाख रुपैयाँ बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।

बिहान ५:५४ बजे रामकुमार शाहीको फर्निचरमा आगोलागी हुदाँ तयारी अवस्थामा रहेको फर्निचर सामाग्रीहरु जलेर नस्ट भएको थियो।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top