२०८०, १५ चैत्र बिहीबार

त्रिशुली सहकारीको अध्यक्षमा पुन: हरिलाल श्रेष्ठ

डबली खबर     मंसिर ६ २०७७ १६:५०

trishuli sahkari saankhu bajar nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

त्रिशुली, नुवाकोट – त्रिशुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औं साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । सहकारीको अध्यक्षमा पुन: हरिलाल श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

शनिबार त्रिशुलीमा भएको सहकारीको २०औं साधारणसभा तथा अधिवेशनबाट निर्विरोध अध्यक्ष पदमा चयन भएको निर्वाचन संयोजक महेन्द्र राउतले बताए ।

श्रेष्ठको अध्यक्षतामा ६ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ । उपाध्यक्षमा राजेन्द्रभक्त अमात्य, सचिवमा राजेश श्रेष्ठ, कोषाध्यक्षमा नाथलाल डङ्गोल र सदस्यहरुमा धनबहादुर श्रेष्ठ, सुर्यकुमार श्रेष्ठ, मदनकृष्ण प्रधानाङ्ग चयन भएका छन् । यस्तै, सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा उपेन्द्र अमात्य, सदस्यमा सुरेशबहादुर श्रेष्ठ र तेजु श्रेष्ठ जोशी चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि महेन्द्रबहादुर श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका छन् । उनले त्रिशुली बजार जिल्लाको मात्र नभई अन्तर्राष्ट्रिय नाकाको रुपमा केरुङदेखि पोखरासम्म व्यापारी केन्द्रको रुपमा रहेको बजार अहिलेकाे समयमा खुम्चिएको हुनाले सहकारीले स्थानीय बजार तथा सदस्यहरुको आर्थिक समृद्धिको लागि ऋण प्रवाहमा सहज गरेर बजारलाई उकास्नु पर्ने बताए ।

कार्यक्रममा उत्कृष्ट दुई कर्मचारीहरुलाई नगदसहित दोसल्ला ओढाई सम्मान गरिएको छ। सहकारीले नगद तथा कोष सहायक जिवेश अमात्य र ऋण तथा प्रशासन सहायक संगम श्रेष्ठलाई सम्मान गरिएको हो।

सहकारीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीहरुको लागि छात्रवृत्ति उपलब्ध गराएका छन्। विद्यालयको व्यवस्थापन संकायको कक्षा १२ मा अध्ययनरत छात्रतर्फ सुमन तामाङ र छात्रातर्फ अजिता भण्डारीको लागि भर्ना र मासिक पढाई खर्च गरी प्रति विद्यार्थी ११ हजार छसय १० रुपैंयाँ छात्रवृत्ति उपलब्ध गराएको सहकारीका सचिव राजेश श्रेष्ठले जानकारी दिए।

सहकारीले कोरोना कहरकाबीच सहकारी विभागको परिपत्र र कार्यविधिभित्र रहेर सहकारीले कार्यविधि तयार गरी साधारणसभा तथा अधिवेशनको तयारी पुरा गरेको थियो ।

त्रिशुली सहकारीको अधिवेशनको लागि तयारी पुरा

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top