विदुर, नुवाकोट – नुवाकोटमा कवाडी संकलन कार्य गर्दै आईरहेका १५ जना भारतीय नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
सद्भावको ठूलो पर्व छठको अवसरमा बागमती प्रदेश होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तथा नुवाकोट उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष सन्तोष उप्रेतीले उक्त न्यानो कपडा वितरण गरेका हुन् ।
शुक्रवार विदुर नगरपालिकाको बट्टारमा रहेको कवाडी संकलन तथा बिक्रि केन्द्रमै गई उनले १५ जना भारतीय नागरिकहरुलाई कपडा वितरण गरेका हुन् ।
करिब डेडसयको हाराहारीमा रहेको सङ्कलनकर्ताहरु रहेकोमा पर्व मान्न अन्य संकलनकर्ताहरु आफ्नो मुलुक गएकोमा नुवाकोटमै रहेका संकलनकर्ताहरुलाई शुभकामना सन्देश प्रदानको साथै न्यानो कपडा वितरण गरिएको उनले बताए ।
छठ पर्व नेपालको दक्षिणी र भारतका उत्तरी क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण लोक पर्व हो। केही वर्षदेखि राजधानी काठमाडौं तथा विभिन्न पहाडी जिल्लामा पनि मनाउन थालिएको छ।

प्रतिक्रिया