२०८१, १३ बैशाख बिहीबार

माउन्टेन इनर्जी नेपालको आइपीओ बुधवारदेखि बजारमा आउँदै

डबली खबर     कार्तिक २५ २०७७ १६:२१

mountain energy nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – माउन्टेन इनर्जी नेपालको साधारण शेयर (आइपीओ) भोली बुधबारदेखि बजारमा निष्कासन हुँदैछ । कम्पनीले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको रू एक सय अंकित दरले १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्न लागेको हो ।

उक्त शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३ सय ६१ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँड गरी बाँकि १८ लाख ३० हजार २ सय ६५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्ने कम्पनीको योजना रहेको छ ।

उक्त साधारण शेयरमा छिटोमा मङ्सिर २ गतेसम्म र ढिलोमा मङ्सिर १० गतेसम्म आवेदन दिन सकिने कम्पनीले बताएको छ ।

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गरेको थियो ।

निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेडले गर्नेछन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top