+
Search

ताजा अपडेट +

पपुलर +

घुस लिने इन्जिनियर र व्यवसायी दुई पक्राउ

Commission for the Investigation of Abuse of Authority CIAA arrested to engineer
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा बेलकोटगढी नगरपालिकामा करारमा रहेका सिभिल इन्जिनियर पर्वत पाैडेल घुससिहत रंगेहात पक्राउ परेका छन् ।

गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीद्वारा शनिबार बिहान विदुर नगरपालिकाको बट्टार बजारमा रहेको सागर मिठाइ पसमा बसेर ७५ हजार घुस लिदैं गर्दा इन्जियर पाैडेल पक्राउ परेका आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

पाैडेलले सेवाग्राहीसँग घुस लिन होटल व्यवसाय गर्ने नारायणप्रसाद भट्टमार्फत लिन लगाई भट्टले घुस लिईरहेको अवस्थामा घुस रकमसहित काउण्टर चोकबाट दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता अधिकारीले जानकारी दिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ